Monday, October 3, 2022

तोपे खोलाको सुख्खा पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक खुल्यो

२७ जेठ, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ ।

बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरका अनुसार आज बिहान पौने ९ बजेतिर खसेको सुख्खा पहिरो हटाएपछि सडक खुलेको हो ।

बिहिबार पनि यहीँ गएको पहिरोका कारण सवारी साधन बीचबाटोमै रोकिएका थिए ।

रातभरको प्रयासमा पहिरो पन्छाएर सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाइरहेको बेला शुक्रबार बिहान फेरि पहिरो खसेको थियो ।

अहिले बाटो खुले पनि फेरि पहिरो खस्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments