Monday, October 3, 2022

गगन थापा – Online Khabar

२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।

शुक्रवार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर विसर्जन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको बताए । उनले विगतमा गरिएका गल्ती नदोहोर्‍याउने प्रतिवद्धता गर्दै स्थानीयहरुले अहिलेको सरकारसँग र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न आग्रह गरे ।

महामन्त्री थापाले जग्गा अधिग्रहण गर्ने सबैभन्दा महत्वपूर्ण भएकोले प्रधानमन्त्रीलाई यसबारेमा सबैले अनुरोध गर्नुपर्ने बताए । उनले अहिले सरकारसँग भएको पैसाबाट नै ल्याण्डफिल्ड साइटको जग्गा अधिग्रहणको मुआब्जा वितरण गर्न सकिने स्पष्ट पारे ।

उनले भने, ‘यो जग्गा अधिग्रहणको सम्बन्धमा बजेट छुट्याउने कुरा सबैभन्दा महत्वपूर्ण हो । सम्माननीय प्रधानमन्त्रीज्यूलाई हाम्रोतर्फबाट आग्रह गरेर गर्न सकिन्छ । नेपाल सरकारसँग भएकै पैसाबाट मजाले काम गर्न सकिन्छ । बजेट छुट्याउँदै गर्दा हामीले ल्याण्डफिल्ड साइटको जग्गा अधिग्रहणको लागि भनेर छुट्याऔँ ।’

महामन्त्री थापाले काठमाडौंमा यो वर्ष बनाउने भनेका पूर्वाधार संरचनाहरु रोकेर भए पनि फोहोर व्यवस्थापन गर्न लाग्नुपर्ने बताए ।

‘१७० पटक सम्झौता भएको छ, तपाईहरुलाई हामी देख्नासाथ रिस उठ्छ पनि होला । यो हामीबाट नै भएको गल्ती हो । तर म एकपटक सबैलाई अब सहमति गर्नु नपर्ने गरीकन काम गरौँ । अनुगमन समिति बनाएर काम गर्छौं । हामीलाई विश्वास गर्नुहोस् ।’ उनले भने, ‘तर काठमाडौं अब फोहोर थेग्ने अवस्थामा छैन । जनस्वास्थ्यको हिसाबले पनि अत्यन्त बिजोक भएको अवस्था छ । अब हामी त्यो गल्ती दोहोर्‍याउँदैनौँ ।’

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments