Tuesday, October 4, 2022

त्रिपाठीको प्रश्न- थारु र मधेसीलाई हेर्नेवित्तिकै गोली हान्ने प्रवृत्ति कहिले अन्त्य हुने ?

२६ जेठ, काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले बर्दियामा बाघबाट बचाउन माग गर्नेलाई गोली हानेर मारिएको भन्दै प्रहरी प्रशासनको आलोचना गरेका छन् ।

आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै त्रिपाठीले थारु र मधेसीमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाए । उनले भने, ‘बर्दियामा बाघबाट बचाउन आग्रह गर्दा पुलिस रुपी राक्षसबाट बर्दियामा मृत्यु भयो । थारु र मधेसीलाई हेर्नेवित्तिकै गोली हान्ने प्रवृत्ति कहिले अन्त्य हुने हो ?’

उनले लाल आयोगको प्रतिवेदनमा यथार्थमा पुलिसले गरेको ज्यादतीको फेहरिस्त भएकाले सरकारले त्यसलाई सार्वजनिक नगरेको जिकीरसमेत गरे ।

भ्रष्टाचारको काममा घुमुवा प्रहरीले विचौलिया र दलालको काम गरेको भन्दै उनले घुमुवा भनेर गाउँगाउँमा पठाउने काम बन्द गर्न नेपाली प्रहरीको नेतृत्वलाई सुझाव दिए ।

उनले आईटी क्षेत्रमा हुने घोटालाको एउटा उदाहरण इम्बोस्ड नम्बर प्लेट भएको र हज कमिटीको नाममा पार्टीका केही कार्यकर्ता पालिने गरेको भन्दै आलोचनासमेत गरे ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments