Saturday, October 1, 2022

सिसडोल ल्यान्डफिल जोखिमयुक्त, थप फोहोर नखसाल्न सुझाव

२५ जेठ, काठमाडौं । धादिङको धुनिबेसीस्थित बञ्चरेडाँडामा बनेको नयाँ ल्यान्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर फाल्न स्थानीयले दिएका छैनन् । १० वैशाखदेखि फोहोर फाल्न बन्द गरिएको नुवाकोटको ककनी गाउँपालिकास्थत सिसडोल ल्यान्डफिल साइट भने जोखिमयुक्त अवस्थामा पुगिसकेको पाइएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को अध्ययन टोलीले सिसडोलको ल्यान्डफिल साइट क्षेत्रमा थप फोहोर फालिए थप संकट निम्त्याउने प्रारम्भिक निचोड निकालेको छ ।

मंगलबारदेखि नास्टका प्रविधि संकाय प्रमुख वैज्ञानिक डा. रवीन्द्र ढकाल नेतृत्वको टोलीले सिसडोल क्षेत्रमा अध्ययन थालेको थियो ।

ढकालका अनुसार ल्यान्डफिल साइटमा क्षमताभन्दा बढी फोहोर फालिएको छ । ‘सिसडोलको फोहोरको थुप्रोमा मिथेन पनि छ, त्यसलाई धान्न सकिने हिसावले कम्याक्टिङ गरिएको छैन । त्यो मिथेनलाई बाहिरसम्म ल्याउने संयन्त्र र उपकरण नै राखिएको छैन,’ उनले भने ।

ढकालका अनुसार फोहोर गलेपछि निस्कने मिथेन लगायतका ग्यासलाई बाहिर आउन दिन पाइप वा अरु कुनै तरिकाले बाटो राखिएको हुनुपथ्र्यो । ‘फोहोरको डंगुर भित्र मिथेन, हाइड्रोजन सल्फाइड, कार्बनडाइअक्साइड, कार्बनमनोअक्साइड लगायतका ग्यास बनिरहेका छन् । बाहिर निस्कने गरी साइफोनिङ, पाइपिङ वा ट्यापिङ गर्ने कुनै उपकरण जडान गरिएको छैन,’ उनी भन्छन्, ‘जसरी फोहोर क्षमताभन्दा बढी थुपार्दै लगिएको छ, त्यसले कहिलेकाँही ब्रस्ट हुनसक्ने जोखिम पनि हुन्छ । स्वभाविक रुपमा ग्यास रिलिज भएर जान पनि सक्छ ।’

विस्तृत अध्ययन नभएसम्म जोखिमको मात्रा कत्रो हो भन्न नसकिने ढकालले बताए । तर, अब पनि सिसडोलमा अब फोहोर हालियो भने त्यो खरतरनाक छ भन्ने हाम्रो प्रारम्भिक निचोड हो ,’ वैज्ञानिक डा. ढकालले भने ।

सिसडोल क्षेत्रको खोला र त्यहाँबाट निस्कने लिचेडको गुणस्तर तथा अवस्थाबारे प्रयोगशालामा परीक्षण सुरु भएको छ । लिचेडमा पाइने लेड, क्याडमियम, मर्करी लगायत कतिको हानीकारक छन् भनेर जाँच गर्न परीक्षण पूर्वाधारको समस्या भएकाले केही समय लाग्ने उनले बताए ।

‘पानीको पीएच, केसिमकल अक्सिज डिमान्ड र बायोलोजिक अक्सिजन डिमान्ड लगायतको परीक्षणले खोलामा जवीजन्तु बाँच्न सक्ने नसक्ने कुरायसै हप्ताभित्र भन्न सक्छौं । लिचेडको व्यवस्थापन गर्न के सकिन्छ भनेर हेर्दैछौं ।’

उनका अनुसार लिचेडमा खोलामा मिसाउनुअघि निश्चत मापदण्डमा प्रशोधन गर्नपर्ने भएपनि सिसडोलमा सोझै मिसाइएको पाइएको छ ।

सिसडोलमा थप अर्को ४/५ वर्षसम्म लिचेड बगिरहने अवस्था छ । ‘फोहोर फाल्न छाडेपनि विस्तारै माथिबाट दबाव पर्दै गएपछि लिचेड निस्कँदै आउँछ,’ उनले भने,’माथिबाट पानी आउँदा पनि निस्कन्छ । लिचेडको असरलाई कसरी व्यवस्थापन गर्ने भनेर हामी एउटा समाधान दिन प्रयत्न गर्नेछौं ।’

ढकालका अनुसार अब बन्चरेडाँडालाई सिसडोल बन्न नदिने गरी सरकारले थप काम गर्न आवश्यक छ । कुहिने फोहोरलाई नगरभित्रै व्यवस्थापन गर्ने भन्दै उनले त्यसो नगरे फेरि बन्चरेडाँडामा केही वर्षमा सिसडोलमा जस्तै कोलाहल सुरु हुने चेतावनी दिए ।

२२ जेठ २०६२ मा तीन वर्षका लागि भनेर सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्न थालिएको थियो । सुरुको समयमा काठमाडौं र ललितपुरबाट दैनिक ३७५ मेटि्रक टनसम्म फोहोर पुग्ने गरेको थियो, अन्तिम समयसम्म आइपुग्दा ११ सय मेट्रिकटनसम्म पुग्यो । गत १० वैशाखसम्म सामान्य अवस्थामा त्यहाँ दैनिक १६० वटासम्म ट्रक पुग्ने गरेका थिए ।

बञ्चरेडाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन शुरु गर्ने लक्ष्य थियो । तर, लक्षित समयको १४ वर्षसम्म पनि बञ्चरेडाँडाको पूर्वाधार बनेन ।

ओखरपौवाको क्षमता सकिएपछि सिसडोल क्षेत्रकै आलेटारमा फोहोर व्यवस्थापन गरिएको थियो । आलेटारको पनि क्षमता सकिएपछि सिसडोल ल्यान्डफिल साइटकै क्षमता बढाएर फोहोर व्यवस्थापन गरिंदै आएको थियो ।

तर, १७ वर्षसम्म फोहोर लाद्ने काम हुँदा पनि व्यवस्थापकहरुले चासो दिएनन् । जहाँ करिब ४०० मिटर अग्लो फोहोरको पहाड नै बनेको छ । नियमित झरीले कान्लो भासिने गर्दा सडकमा फोहोरको पहिरो नै खस्ने जोखिम समेत छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments