Monday, October 3, 2022

आईजीपी बढुवामा असन्तुष्ट एआईजी पोखरेलको विदा अस्वीकृत

२५ जेठ, काठमाडौं । आईजीपी बढुवामा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन विदा अस्वीकृत भएको छ ।

सरकारले एआईजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेलगत्तै पोखरेल एक महिनाका लागि विदा बसेका थिए । उनले लिएको विदा मंगलबार सकिएको छ । तर पोखरेलले बुधबार सहयोगीमार्फत पुनः १० दिन विदा माग गर्दै निवेदन दिएका थिए ।

प्रहरी महानिरीक्षक सिंहले उनको विदा अस्वीकृत गरेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले अनलाइनखबरलाई बताए । उनका अनुसार बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप आउने समय भएकाले विषम परिस्थितिलाई मध्यनजर गर्दै विदा अस्वीकृत गरिएको हो ।

पोखरेलले आफूभन्दा जुनियर एआईजीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको भन्दै अदालतमा सरकारविरुद्ध १९ वैशाखमा रिट निवेदन दिएका थिए । उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अघि रहेको दावी गर्दै सिंहको बढुवा खारेजीको माग गरेका थिए । तर उनको निवेदन अदालतमा सुनुवाइकै क्रममा छ ।

अदालतबाट २० साउनअघि उनको पक्षमा आदेश नआए उनी एआईजीबाटै अवकाशमा जानेछन् ।

पोखरेल विदा बस्नुअघि मानव स्रोत तथा प्रशासन विभागका प्रमुख थिए । सरकारले मंगलबार मात्रै उनलाई सरुवा गरेर प्रदेश समन्वय विभागमा पठाएको छ भने हालै एआईजी बढुवा भएकी पूजा सिंहलाई मानवस्रोत विभागको प्रमुखको जिम्मेवारी दिएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments