फाप्ला क्रिकेट रंगशाला ३ वर्षमा पूरा गर्ने गरी काम गर्छु – अध्यक्ष शाही
२४ जेठ, काठमाडौं । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षको जिम्मेवारी पाएका सुवास शाहीले अबको तीन वर्षभित्र रंगशाला निर्माण गर्ने लक्ष्यसहित काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
‘संघीय र प्रदेश सरकारले प्राथमिकतामा राखेका छन् । सुरुवाती बजेट थोरै भए पनि बहुवर्षीय परियोजना भएको हुनाले वजेटमा समस्या हुँदैन भन्ने लागेको छ,’ अध्यक्षको जिम्मेवारी पाए लगत्तै अनलाइनखबरसँग भने, ‘यसको निर्माण मोडल अन्यभन्दा फरक छ । यहाँ सरकारी लगानीका साथसाथै निजी र खेलकुदसँग सम्बन्धित वैदेशिक निकायले पनि लगानी गर्न पाउँछन् ।’
सन् २०१५ देखि शाहीकै नेतृत्वमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान सुरु भएको हो । फाप्लाको प्रचारप्रसारका लागि पछिल्लो संस्करणको धनगढी प्रिमियर लिगसमेत फाप्लाकै निर्माणाधीन मैदानमा आयोजना गरिएको थियो । ‘८ वर्ष यही फाप्लाका लागि भनेर हिँडेको हो । अबको तीन वर्षभित्र रंगशाला निर्माण गर्ने लक्ष्यसहित पूरा समय दिनेछु,’ शाहीले भने ।
सुदूरपश्चिमको कैलालीस्थित फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि ८ वर्षदेखि सन्चालित अभियानको नेतृत्व गरिरहेका शाहीले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति अध्यक्षको जिम्मेवारी पाएका थिए ।
सोमबारको मन्त्रिपरिषद वैठकले उनलाई तीन वर्षका लागि विकस समिति अध्यक्षको जिम्मेबारी दिने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयले फाप्ला क्रिकेट मैदान विकास समिति मोडलमा निर्माण गर्ने गरी समितिका सदस्यहरुको नियुक्ति प्रक्रिया र कार्यसन्चालन कार्यविधि वैशाख २६ गते राजपत्रमा प्रकाशित गरेको थियो ।
संघीय सरकार र प्रदेश सरकारको नीति तथा कार्यक्रममा परेको र संघीय सरकारले वजेट विनियोजन गरेको यो बहुवर्षीय योजना ३ वर्षमा सम्पन्न नभएमा एक–एक वर्ष गरी दुईपल्ट म्याद थप्न सकिने कार्यविधिमा उल्लेख छ । यसपल्ट सरकारले फाप्ला निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
फाप्ला क्रिकेट मैदान निर्माण समिति ९ सदस्यीय हुनेछ । समितिका सदस्यहरुमा धनगढी उपमहानगरपालिका र कृष्णपूर नगरपालिकाका प्रमुख पदेन रहनेछन् । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई कैलालीका प्रमुख, उद्योग बाणिव्य संघ कैलालीका अध्यक्ष र खेलकुद क्षेत्रमा योगदान पु¥याएका महिलाहरु मध्येबाट संघीय सरकारले मनोनयन गरेका एकजना रहने व्यवस्था छ । सो कोटामा सरकारले कल्पना दिवाकोटीलाई मनोनयन गरिसकेको छ ।
नवनियुक्त अध्यक्ष शाहीले कार्यकारी निर्देशकको पदपूर्ति भएपछि आगामी आर्थिक वर्षको सुरुवातदेखि नै निर्माण प्रक्रिया सुरु हुने जानकारी दिए । सुरुमा बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम हुनेछ । कार्यविधिमा नेपाल सरकारको उपसचिव तहमा कार्यरत निजामती कर्मचारीलाई कार्यकारी निर्देशकको जिम्मेबारी दिइने उल्लेख छ ।
समितिले क्रिकेट मैदान तथा खेलग्राम निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्वीकृत गर्ने, संरचना निर्माण गर्दा प्रचलित कानून बमोजिम गर्नु पर्ने प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभधाव मूल्यांकन गराउने, संरचना निर्माणका लागि आवश्यक आर्थिक श्रोत जुटाउने, क्रिकेट मैदान तथा खेलग्रामको पूर्वाधार निर्माण सम्पन्न गर्ने, पूर्वाधार निर्माण सम्पन्न भएपछि सञ्चालन तथा व्यवस्थापनको खाकासहित नेपाल सरकारलाई हस्तान्तरण गर्ने लगायतका जिम्मेबारी पूरा गर्नेछ ।
window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));