News Portal

any time News , local election in nepal 2079

‘नेपालमा दूरशिक्षा प्रभावकारी हुँदै गइरहेको छ’ – Online Khabar

२४ जेठ, काठमाडौं । नेपालमा इन्दिरा गान्धी विश्वविद्यालय (इग्नु) बाट सम्बधन लिएर नेपाल इफर्मेसन टेक्नोलोजी (नीट) ले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

खुला तथा दूरशिक्षाको अवधारणा अनुसार नीटले सन् २००८ देखि विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । नीटले सञ्चालन गरिरहेको शैग्क्षिक कार्यक्रम, यसको प्रभावकारिता लगायतका विषयमा इग्नुकी निर्देशक अनिता कसजु श्रेष्ठसँग गरिएको कुराकानी :

नेपालमा इन्दिरा गान्धी नेसनल ओपन युनिभर्सिटीका कस्ता कार्यक्रम सञ्चालनमा छन् ?

अहिले हामीले इन्दिरा गान्धी नेसनल ओपन युनिभर्सिटी (इग्नु) को अवधारणा अनुरुप विभिन्न चार वटा कार्यक्रम सञ्चालन गरिरहेका छौं । इग्नुको दुई सय भन्दा बढी कार्यक्रमहरु छन्, जसमा व्यवसायिक र सीप विकासका कार्यक्रम बढी छन् ।

तर हामीले चाहिँ एकेडेमिक कार्यक्रम मात्रै सञ्चालन गरिरहेका छौं । जनवरी र जुलाई सेसनमा स्नातकोत्तरमा एमबीए, स्नातकमा बीसीए, बीए र बीकम छ ।

यसका पाठ्यक्रम कसरी तयार गरिएको छ ?

इग्नु खुला तथा दूर शिक्षाको अवधारणाबाट सञ्चालित विश्वविद्यालय हो । त्यही अनुसार इग्नुले पाठ्यक्रमको डिजाइन गरेको छ । विश्वविद्यालयले स्वअध्ययनलाई प्राथमिकता दिएर पाठ्यक्रम तयार गरेको हुन्छ ।

पाठ्यपुस्तक पनि विश्वविद्यालय आफैंले बनाएको हुन्छ । विद्यार्थी भर्ना भएपछि विश्वविद्यालय आफैंले पाठ्यपुस्तक पठाउँछ । शिक्षक अगाडि नहुँदा पनि विद्यार्थी आफैंले पढेर बुझोस् भन्ने आशयले पाठ्यक्रम तयार गरिएका छन् ।

भौतिक कक्षा सञ्चालन हुन्छ कि हुँदैन ?

अधिकांश पाठ स्वअध्ययन गर्न सकिने गरी बनाइएको हुन्छ । स्वअध्ययन गर्दा बुझ्न नसकेको पाठबारे शिक्षकमार्फत बुझ्न सप्ताहान्त (विकेन्ड) मा भौतिक रुपमा सिकाइ हुन्छ । त्यो कक्षा बढी भन्दा बढी अन्तर्क्रियात्मक बनाइन्छ । त्यसैले यसलाई लेक्चरल नभनेर हामी काउन्सिलिङ क्लास भन्छौं । काउन्सिलिङ कक्षा सिकारु (लर्नर) को समयलाई पनि ख्याल गरेर तय गर्छौं ।

परीक्षा चाहिँ विद्यार्थीको भौतिक उपस्थितिमै हुन्छ । इग्नुले परीक्षालाई दुईवटा तहमा विभाजन गरेको छ । ३० प्रतिशतको असाइन्मेन्ट दिइन्छ । बाँकीको बोर्ड परीक्षा हुन्छ ।

खुला तथा दूरशिक्षा कत्तिको प्रभावकारी हुन्छन् ?

विभिन्न क्षेत्रमा काम गरिरहेकाहरु जसले समय अभावले दैनिक कलेज गएर पढ्न पाउनु भएको छैन र सर्टिफिकेट नहुँदा वृत्ति विकास पनि हुन सकेको हुँदैन । उहाँहरुको लागि राम्रो विकल्प हो यो । दैनिक कक्षामा आएर पढ्नुपर्ने झञ्झट पनि छैन । जागिर सँगसँगै आफ्नो ज्ञान र सीपलाई बढाउन सक्नुहुन्छ ।

इग्नुको कार्यक्रम नेपालमा मात्रै नभएर विश्वमा नै प्रभावकारी देखिन थालेको छ । त्यसैले कमन वेल्थ अफ लर्निङ (युरोपियन देशहरुको शैक्षिक संगठन) र यूनेस्कोले पनि उत्कृष्ट भनेर पहिचान गरिसकेको छ ।

कस्ता कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?

यहाँ एमबीए गर्नको लागि व्यवस्थापन नै अथवा विज्ञान नै पढेको हुनुपर्छ भन्ने छैन । कुनै पनि विषय अध्ययन गरेको पृष्ठभूमि भएको व्यक्तिले पढ्न पाउँछन् । त्यसमा केही मापदण्ड भने तोकिएको छ । इग्नुले मान्यता दिएको कुनै पनि विश्वविद्यालय अथवा कलेजबाट ५० प्रतिशत भन्दा बढी प्राप्ताङ्क ल्याएको व्यक्तिले पढ्न पाउँछन् । जुन सुकै उमेर समूहकाले पढ्न पाउँछन् ।

पढ्दा पढ्दै जागिरे भएकाहरु जसको सीप विकास भइरहेको हुन्छ तर शैक्षिक विकास हुँदैन, जसले गर्दा वृत्ति विकास हुन पाउँदैन । त्यस्ता व्यक्तिहरुको लागि हाम्रा शैक्षिक कार्यक्रम उत्तम विकल्प हो । तर, बीसीए चाहिँ बढीजसो प्रयोगात्मक हुन्छ । विश्वविद्यालयले नै ७० प्रतिशत ल्याबमा उपस्थित हुनुपर्ने गरी पाठ्यक्रम बनाएको छ । बीसीए पढ्नको लागि कम्प्युटर क्षेत्रमा काम गरिरहेको तर एकेडेमिक डिग्री नभएकाहरु आउनुहुन्छ ।

यो विश्वविद्यालय अरु भन्दा के फरक छ ?

खुला विश्वविद्यालयको अवधारणा भनेको निश्चित समय पढेर निस्कन चाहने र बीचमा केही समय ब्रेक लिएर पढ्न पाउनु हो । दूर शिक्षाको अवधारणा नै सबैको पहुँचमा शिक्षा होस् भन्ने हो । कुनै पनि भौगोलिक कारण, समय अभाव, शारीरिक अपांगताको कारणले शिक्षाबाट वञ्चित हुनुहुँदैन भन्ने हो । त्यसैले नेपालमा अरु विश्वविद्यालय भन्दा फरक त यसै पनि हुने नै भयो ।

एमबीए कार्यक्रम अरु विश्वविद्यालयको भन्दा फरक छ । अरु विश्वविद्यालयको एमबीए कार्यक्रममा तीन वटा मात्रै विशेष पाइन्छ । फाइनान्स, ह्युमन रिसोर्स र मार्केटिङ म्यानेजमेन्ट छ । तर इग्नुमा इन्टरनेसनल बिजनेस र अप्रेसनल म्यानेजमेन्ट विषय थप छ ।

अर्को शैक्षिक शुल्क रिजनेबल छ । त्यो पनि विद्यार्थीलाई सजिलो होस् भनेर त्यो फि हुँदा हुँदै पनि विद्यार्थीलाई सुविधा होस् भनेर किस्तामा शुल्क तिर्ने व्यवस्था पनि छ । नेपालमा पनि आफै‌ं कमाएर पढ्ने प्रचलन बढ्न थालेको छ । त्यस्ता विद्यार्थीलाई लक्षित गर्दै यो सुविधा दिएका हौं । एक सेमेष्टरको एकै चोटी शुल्क तिर्न नसक्नेले पटक पटक गरी तिर्न सक्नेछन् ।

अर्को उमेर हदबन्दी छैन । १८ वर्ष माथिको जोकोहीले पढ्न सक्नेछन् । कतिपय त अवकाश पछि पनि पढ्न आउनुभएको छ ।

किन इग्नुमा पढ्ने ?

अधिकांश विश्वविद्यालयमा पढ्दा निश्चित समयवधिमा पढाइ सक्नैपर्ने हुन्छ । उदाहरणको लागि अन्य कलेजमा दुई वर्षको कोर्ष भएको एमबीएमा भर्ना भयो भने निरन्तर दुई वर्षसम्म कतै पनि ग्याप नगरी निरन्तरता दिनुपर्छ ।

तर यहाँ पहिलो सेमेष्टर पढेर दोस्रो सेमेष्टर निरन्तरता दिन नसके अर्को ६ महिनापछि पढ्न पाउँछन् । बीचमा ग्याप गरेर फेरि दोेस्रो सेमेष्टरमा पढ्न पाउँछ । अथवा कुनै पेपरमा तयारी पुगेको छैन तयारी नपुगेको पेपर अर्को पटक परीक्षा दिन्छु भन्न पनि सकिन्छ ।

अर्को बीचमा पढाइ छाड्न पनि पाइन्छ । एमबीए एक वर्ष पढेर अर्को एक वर्ष नपढ्ने, नभ्याउने अथवा पढ्न जरुरी भएन भने छाड्न पाइन्छ । दुई सेमेष्टरको पढाई नै मेरो लागि पर्याप्त भयो भने निस्किन सकिन्छ । त्यहि अनुसार डिप्लोमा इन म्यानेजमेन्ट भनेर सर्टिफिकेट दिइन्छ ।

छात्रवृत्ति लगायतका अरु सुविधा के छ ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नीति अनुरुप दिनुपर्ने छात्रवृत्ति लागू छ । त्योबाहेक अरु विशेष सुविधा छैन । धेरै भन्दा धेरै विद्यार्थीको पहुँचमा कसरी पुग्ने र कसरी सुविधा दिन सकिन्छ भन्ने सोचमा छौं ।

भारतमा चाहिँ पछाडि पारिएका जाति, अपांगता भएकालाई विशेष सुविधा दिएको छ । नेपालमा भने त्यो सुविधा छैन ।

शैक्षिक शुल्क कस्तो छ ?

तुलनात्मक रुपमा सस्तो छ । विश्वविद्यालयले शुल्कलाई तीन भागमा छुट्याएको छ । भारतमा अध्ययन गर्ने विदेशी विद्यार्थीको लागि एउटा, भारतीयहरुको लागि एउटा र विभिन्न देशमा सम्बन्धन लिएका विश्वविद्यालयहरुको फरक फरक शुल्क छ ।

नेपाल चाहिँ सार्क सदस्य राष्ट्र भएका कारण हाम्रो शुल्क फरक तोकिएको छ । भारतमा बसेर पढ्ने नेपालीले भन्दा नेपालमा बसेर पढ्ने नेपालीले बढी शुल्क तिर्नुपर्छ । अन्य देशकाले त झन् बढी तिर्नुपर्छ ।

तर एमबीएमा अन्य विश्वविद्यालयको भन्दा हाम्रो शुल्क कम छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.