Sunday, October 2, 2022

काठमाडौं महानगरको कार्यपालिका सदस्य चयन गर्न आज मतदान

२४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको ८ सदस्यको लागि मंगलबार निर्वाचन भइरहेको छ ।

काठमाडौं महानगरपालिकाको कार्यपालिका ४२ सदस्यीय हुनेछ । जसमा मेयर, उपमेयर र ३२ वटा वडाका वडाध्यक्ष पदेन सदस्य हुनेछन् । अरु ८ जना भने निर्वाचनबाट चयन हुनेछन् । मेयर, उपमेयरस, वडाध्यक्ष र वढासदस्यसमेत गरी १६१ मतदाताले आठ जना कार्यपालिका सदस्य चयनका लागि मतदान गर्नेछन् ।

महानगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत छ । १६१ मध्ये ९३ जना कांग्रेसबाट निर्वाचित छन् ।

नगर कार्यपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल पनि गरेका छन् । जस अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीले १–१ सदस्य पाउनेछन् भने ६ सदस्य कांग्रेसको रहनेछन् ।

काठमाडौं महानगरपालिकामा १६१ जनप्रतिनिधिमध्ये कांग्रेसको ९३, एकीकृत समाजवादीका ५ गरी सत्ता गठबन्धनमा ९८ जना छन् । त्यस्तै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि ६२ जना छन् भने मेयर बालेन साह स्वतन्त्र हुन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments