Monday, October 3, 2022

एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने – Online Khabar

२४ जेठ, काठमाडौं । नेकपा एमालेले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम राख्ने भएको छ । त्यसका लागि असार २ गते विहानसम्म काठमाडौं आइसक्न महासचिव शंकर पोखरेलले पत्राचार गरेका छन् ।

एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन् ।

जनप्रतिनिधिलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहको अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिने एमालेले उल्लेख गरेको छ ।

अभिमुखीकरण कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्ने छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments