भारतको अर्केष्ट्रामा काम गर्ने ५ बालिकासहित ९ नेपालीको उद्धार
२३ जेठ, वीरगञ्ज । वीरगञ्जबाट ४१ किलोमिटर टाढा भारतको रामगढवाको अर्केष्ट्रामा काम गर्ने ५ बालबालिकासिहत ९ जना नेपाली महिलाको उद्धार गरिएको छ ।
रक्सौलस्थित एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट (एएचटीयू) र मिसन मुक्ति फाउन्डेशन दिल्लीले छापा मारेर उनीहरुलाई उद्धार गरेको (एएचटीयू) इञ्चार्ज वरिष्ठ निरीक्षक मनोज कुमार शर्माले जानकारी दिए ।
‘जब हामी अर्केष्ट्रामा छापा मार्न गयौं, गाउँका बासिन्दा एकदमै उत्साहित थिए । किनकी उनीहरु अर्केष्ट्रावालादेखि धेरै हैरान रहेछन्,’ उनले भने, ‘गाउँका छोरीचेलीमा नराम्रो प्रभाव पर्नुको साथै उनीहरुलाई फकाइ फुल्याइ गरेर नाच्न लैजाने गरेका रहेछन् ।’
उद्धार गरिएका बालबालिका तथा युवतीहरुले अर्केष्ट्रा सञ्चालकहरुले विवाहको बहानामा शारिरीक शोषण गर्ने, घर जान नदिने, गीत गाएको र नाचेको पैसा दिन्छु भने पनि पैसा नदिने र कुटपिट गर्ने गरेको बताएका छन् ।
उद्धार गरिएका रामगढवा थानामा राखिएको छ । उनीहरुलाई नेपाल फर्काउने तयारी भइरहेको छ । उनीहरुमध्ये ३ जनाका अभिभावक सम्पर्कमा आएको माइती नेपाल वीरगञ्जकी सुपरभाइजर गोमा पौडेलले बताइन् ।
window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));