Tuesday, October 4, 2022

फेसबुकका प्रेमीले बर्थ डे मनाउन बोलाएर गरे सामुहिक बलात्कार 

२३ जेठ, बाँके । बाँकेमा फेसबुकबाट चिनजान र प्रेम सम्बन्ध राखेका एक युवाले भेट्न बोलाएर एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेका छन् ।

बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार फेसबुकमा एक वर्षदेखि चिनजान भएका बाँके बैजनाथ गाउपालिका- ८ का १७ बर्षका हेमराज थारुले शनिबार आफ्नो जन्म दिन छ भनेर किशोरीलाई भेट्न बोलाएका थिए ।

प्रेमीको जन्म दिन मनाउन बाँके-बर्दिया सीमानाको मानखोलामा पुगेकी किशोरीलाई प्रेमी हेमराजसहित अन्य ५ जनाले जंगलमा लगेर मदिरा खुवाई पालै पालो बलात्कार गरेका थिए ।

प्रहरी प्रवता न्यौपानेले किशोरीलाई शुरुमा मानखोलाको जंगल र पछि बैजनाथस्थित टहरामा लगेर दुईदिनसम्म बलात्कार गरेको बताए ।

बलात्कारमा संलग्न ५ जना र सहयोगी २ जना सहित ७ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रेमी हेमराज थारु, निराजन थारु, बिक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु छन् ।

बलात्कारबाट बेहोस भएकी किशोरीलाई दुई जनाले मोटरसाइकलमा राखेर नेपालगञ्ज ल्याउँदै गर्दा प्रहरीले शंका लागेर किशोरी सहित ३ जनालाई नियन्त्रणमा लिएको थियो ।

किशोरीले होसमा आएपछि प्रहरीसँग उनीहरुले आफूलाई बलात्कार गरेको बयान दिएकी थिइन् । त्यसपछि खटिएको प्रहरीले थप ५ जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

बलात्कारमा परेकी किशोरीलाई उपचारपछि आश्रयस्थलमा राखिएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments