News Portal

any time News , local election in nepal 2079

दाङमा लोहोरोले हानेर श्रीमानको हत्या गरेको आरोपमा पक्राउ

२३ जेठ, दाङ – दाङमा श्रीमतीले लोहोरोले हानेर श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

घोराही उपमहानगरपालिका–१४ मा बस्दै आएकी भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान पंकज गुप्ताको हत्या गरेको प्रहरीले दाबी गरेको छ । हत्याको आरोपमा प्रहरीले गायत्रीलाई पक्राउ गरि अनुसन्धान थालेको छ ।

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा श्रीमानको मृत्यु भएको उनले प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । ‘श्रीमान–श्रीमतीबीच पटक पटक झगडा हुने गरेको रहेछ’, प्रहरी प्रमुख काफ्लेले भने, ‘त्यही क्रममा सोमबार बिहान विवादका क्रममा श्रीमतीले लोहोरोले हान्दा श्रीमानको मृत्यु भएको रहेछ ।’

प्रहरीका अनुसार उनीहरु घर झगडाकै कारण पटक–पटक प्रहरी कार्यालयमा समेत पुग्ने गरेका थिए । भारत स्थायी घर भए पनि लामो समयदेखि तुलसीपुर-१३ फुलवारीमा बस्दै आएका उनीहरु केही समय अघि मजदुरी गर्न घोराही सरेका थिए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.