News Portal

any time News , local election in nepal 2079

सहरमा शौचालय नहुँदा पिसाब रोकेर हिंड्नुपर्छ – Online Khabar

२२ जेठ, काठमाडौं । लू निभा बाल सरोकार समूहमा कार्यरत सविना भण्डारी एउटा कार्यक्रममा सहभागी हुन जमल पुगेकी थिइन् । कार्यक्रम स्थलबाट बाहिर निस्किएपछि उनलाई आफू महिनावारी भएको जस्तो महसुस भयो ।

प्याड लगाउनका लागि उनी सार्वजनिक शौचालय खोज्न थालिन्, तर भेटिनन् । हिंडेर रत्नपार्कसम्म पुग्न उनलाई असहज लाग्यो । जाऊँ कि भनेर सोच्दै गर्दा उनलाई लाग्यो । त्यहाँ गए पनि फोहोर हुन्छ त्यसमाथि चुकुल नलाग्ने समस्या पनि हुन्छ ।

त्यति सोचेर उनी बस चढेर अफिस भैंसेपाटी पुगिन् र शौचालय गएर प्याड लगाइन् । ‘त्यति लामो समय बसमा बसिरहँदा गाह्रो त भयो नि, तर के गर्नु उपत्यकामा सार्वजनिक शौचालयको अवस्था त्यस्तै हो,’ उनी सुनाउँछिन् ।

अस्मिता कोइराला धुम्बाराहीस्थित स्वयंसेवी सहकारी बचत तथा ऋण संस्था लिमिटेडमा काम गर्छिन् । उनले फिल्डमा पैसा उठाउन हिंड्न थालेको आठ महिना भयो । आठ महिनाको अवधिमा उनले काठमाडौंमा सार्वजनिक शौचालयको अभावमा धेरै दुःख भोग्नु परेको छ । दिनभरि हिंड्नुपर्ने भएकाले बाहिर शौचालय नै प्रयोग गर्नुपर्ने हुन्छ । तर सार्वजनिक शौचालय नभेटेको कारण उनी धेरै पटक लामो समयसम्म पिसाब रोकेर घर पुगेकी छन् ।

राजधानीमै सार्वजनिक शौचालयको राम्रो सुविधा नहुनु दुःखद् हो । केही भएका सार्वजनिक शौचालय पनि फोहोर र महिलामैत्री नहुँदा धेरै महिला लामो समय दिसापिसाब रोकेर हिंड्न बाध्य छन् ।

यो समस्या फेरि भोग्नु नपरोस् भनेर उनी अहिले धेरै पानी नखाई हिंड्ने गर्छिन् । काठमाडौं उपत्यकामा महिलामैत्री सार्वजनिक शौचालय नभएको कारण आफूले धेरै पटक पानी नखाई र शौच रोकेर हिंडेको अनुभव उनी साट्छिन् ।

चाबहिलमा रहेको एक मार्केटिङ कम्पनीमा काम गर्ने समीक्षा तामाङको पनि पीडा उस्तै छ । बिहान १० देखि ५ बजेसम्म बजारमा हिंड्दा उनलाई पिसाब लागेर शौचालय जान खोज्दा शौचालय भेट्दिनन् । शौचालय नभेटेर लामो समय यसरी पिसाब रोकेर राख्दा शारीरिक र मानिसक रूपमा धेरै पीडा हुने उनी सुनाउँछिन् ।

नयाँ आवाज डटकममा रिपोर्टरको रूपमा कार्यरत मेनुका कार्कीलाई पनि शौचालयको कारण धेरै समस्या भएको छ । एउटा घटना सम्झिंदै उनी भन्छिन्, ‘एउटा कार्यक्रममा रिपोर्टिङको लागि गएको थिए त्यहाँ शौचालय थिएन । कार्यक्रमबाट निस्किएपछि सार्वजनिक शौचालय कतै छ कि भनेर धेरै खोजें, तर भेटिन । धेरैबेर पिसाब रोकेर घर पुगेर मात्र ट्वाइलेट जान पाएँ । धेरै पटक लामो समय पिसाब रोकेर राख्दा पेट दुख्ने समस्या समेत भएको थियो ।’

सार्वजनिक शौचालय भए पनि सफा नहुने भएकाले महिलाहरूले धेरै स्वास्थ्य समस्या भोग्नु परेको उनी सुनाउँछिन् । ‘एकपटक एकदमै समस्या परेर सार्वजनिक शौचालय गएको थिएँ । त्यहाँ एकदमै फोहोर थियो, जसकारण युरिन इन्फेक्सन नै भएको थियो ।’

सार्वजनिक शौचालयको राम्रो व्यवस्था नहुँदा र भएका शौचालय पनि सफा नहुँदा आफूले पनि धेरै समस्या भोग्नु परेको मनोविद् करुणा कुँवर बताउँछन् । ‘उपत्यकामा सार्वजनिक शौचालय नै धेरै छैनन् । भएका शौचालय पनि फोहोर हुने भएकाले कतै जानुपरेको खण्डमा पहिले नै त्यसको लागि सोचेर निस्किनुपर्ने हुन्छ । यदि म चार घण्टाको लागि बाहिर जाँदै छु भने त्यो समयमा शौचालय जानु नपरोस् भनेर पानी नै नखाई बाहिर निस्कन्छु ।’ कुँवर भन्छिन्, ‘यसरी धेरै समय दिसा, पिसाब रोकेर हिंड्दा महिलाले मानसिक तनाव सहनुपर्छ ।’

यो त सार्वजनिक शौचालयको कुरा भयो । सामुदायिक विद्यालयहरूको शौचालयको अवस्था पनि यस्तै छ । शारीरिक बनावटका कारण पुरुषलाई महिलाको तुलनामा अलि सहज भए पनि महिला र किशोरीहरुलाई गाह्रो हुन्छ । स्कुले बालिकाहरू महिनावारी भएर प्याड फेर्न शौचालय जाने वातावरण हुँदैन । किनकि अधिकांश विद्यालयमा चुकुलको राम्रो व्यवस्था हुँदैन । पिसाब फेर्न होस् वा प्याड फेर्न जाँदा एउटा साथीलाई बोकेर जानुपर्छ ।

रत्नपार्कस्थित सार्वजनिक शौचालय

सार्वजनिक शौचालय महिलामैत्री नहुँदा मानसिक तनाव 

राजधानीमै सार्वजनिक शौचालयको राम्रो सुविधा नहुनु दुःखद् हो । केही भएका सार्वजनिक शौचालय पनि फोहोर र महिलामैत्री नहुँदा धेरै महिला लामो समय दिसापिसाब रोकेर हिंड्न बाध्य छन् । यसरी दिसापिसाब रोकेर हिंड्दा उनीहरुलाई एक प्रकारको तनाव महसुस हुने मनोविद् कुँवर बताउँछिन् ।

शौचालयको सुविधा छैन भनेर घरबाहिर निस्कनुअघि नै महिलाहरू त्यसबारे तयार भएर निस्कने गरेका हुन्छन् । तर गर्भवती महिला र युरिन सम्बन्धी समस्या भएका महिलाहरूलाई भने अलि बढी नै समस्या र तनाव हुने उनी बताउँछिन् ।

लामो समय शौच रोक्दा विभिन्न स्वास्थ्य समस्या  

सामान्यतया तीन घण्टाको फरकमा पिसाब फेर्नुपर्ने हुन्छ । एउटा पिसाबको थैलीको क्षमता भनेको २५० देखि ३०० एमएल हुन्छ । त्यसैले पिसाब थैलीमा २५० देखि ३०० एमएल पिसाब जम्मा हुँदा हामीलाई पिसाब च्यापिसकेको हुन्छ ।

शौचालय छैन वा फोहोर छ भनेर लामो समय पिसाब रोक्दा धेरै महिलालाई समस्या हुने गरेको युरोलोजिस्ट डा. पारस श्रेष्ठ बताउँछन् । ‘एक-दुई पटक मात्र यसरी लामो समय पिसाब रोक्दा त केही समस्या नहोला, तर लामो समय पिसाब रोकेर राख्दा त्यसले स्वास्थ्यमा केही दीर्घकालीन असर गर्न सक्छ ।’

मधुमेह भएका र गर्भवती महिलालाई छिटोछिटो पिसाब लाग्छ । उनीहरूले समयमा पिसाब नर्फेदा पिसाबमा विभिन्न ब्याक्टेरिया बढ्छन् र त्यसले शरीरमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा असर पार्ने डा. श्रेष्ठ बताउँछन्  ।

शौचालयको अभाव भएर वा फोहोर शौचालय प्रयोग गरेर धेरै समस्या महिलालाई हुने गरेको छ । महिलाहरूको मूत्रनली पुरुषको तुलनामा एकदमै छोटो हुने भएकाले पिसाब संक्रमण हुने समस्या बढी हुने डा. श्रेष्ठ बताउँछन् ।

लामो समय पिसाब रोकेर राख्दा ढाड दुख्ने समस्या पनि हुन्छ । २५० देखि ३०० एमएल पिसाब बोक्ने पिसाब थैलीमा दैनिकजसो ५०० एमएल पिसाब बोकेर हिंड्दा ढाड दुख्ने समस्या देखापर्ने डा. श्रेष्ठ बताउँछन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.