समानान्तर गतिविधि गरेको भन्दै अखिल क्रान्तिकारीका कार्की कारवाहीमा
२२ जेठ, काठमाडौं । समानान्तर गतिविधि गरेको भन्दै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संगठनका नेता पवन कार्कीलाई कारवाही गरेको छ ।
अखिल क्रान्तिकारीको पदाधिकारी गठनमा एकलौटी भएको भन्दै असन्तुष्ट कार्कीले समानान्तर भेला गरेका थिए । त्यस्तै उनले पदाधिकारी वैधानिक समेत नभएको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष लिखित उजुरी दिएका थिए ।
‘केन्द्रीय समितिको नाम दुरुपयोग गरेर समानान्तर भेला आयोजना गरेपछि २४ घण्टे स्पष्टीकरण सोधेका थियौं,’ अखिल क्रान्तिकारीका एक पदाधिकारीले भने, ‘उहाँको स्पष्टीकरण नआएपछि कार्यालय बैठकले निलम्बन गरेको हो ।’
संगनमा विवाद बढ्दै गएपछि माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले छलफल गरेको थियो ।
बैठकले कार्कीलाई समानान्तर गतिविधि रोकेर लिएर निर्णय स्वीकार गर्न र अखिल क्रान्तिकारीलाई कार्कीमाथिको कारवाही फिर्ता लिन निर्देशन दिने निर्णय गरेको थियो ।
window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));