Tuesday, October 4, 2022

सर्वनाम शिक्षालयका होस्टल वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप, प्रिन्सिपल प्रहरी नियन्त्रणमा

२१ जेठ, काठमाडौं । काठमाडौं जोरपाटीको सर्वनाम शिक्षालयका छात्राहरुले होस्टल वार्डेन रामजी बस्नेतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

छात्राहरुले यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएपछि शनिबार अभिभावकहरु होस्टल पुगेका थिए । उनीहरुले होस्टलमा नाराबाजी गर्नुका साथै घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका छन् ।

घटनाबारे जानकारी लिन खोज्दा प्रिन्सिपल दुर्गानाथ शिवाकोटीले दुर्व्यवहार गरेको भन्दै अभिभावक आक्रोशित भएका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले आरोपित होस्टल वार्डेन फरार रहेको बताए । प्रहरीले सर्वनाम शिक्षालयका प्रिन्सिपल शिवाकोटी र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ ।

घटनाको विषयमा सोधपुछ गर्न उनीहरुलाई नियन्त्रणमा लिएको न्यौपानेले बताए । ‘विद्यार्थीहरुले घटनाबारे जेठ १९ गते नै जानकारी गराएका रहेछन्, तर उहाँले केही गर्नुभएन भन्ने अभिभावकको गुनासो छ, हामीले सोधपुछका लागि नियन्त्रणमा लिएका हौं’ उनले भने ।

यौन दुर्व्यवहारको विषयमा जाहेरी दिन अभिभावकहरु पनि प्रहरी वृत्त बौद्धमा पुगेका छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments