News Portal

any time News , local election in nepal 2079

त्रिविमा ताला नलगाउन नेविसंघलाई चेतावनी – Online Khabar

२१ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयमा फेरि ताला लगाएपछि नेकपा (क्रान्तिकारी)ले विरोध जनाएको छ ।

नेविसंघले १३२ दिनदेखि त्रिविका उपकुलपति, रजिस्ट्रार  र शिक्षाध्यक्षको कार्यालयमा लगाएको ताला नेकपा (क्रान्तिकारी)ले जेठ १८ गते तोडेको थियो । तर, नेविसंघले जेठ १९ गते फेरि तालाबन्दी गरेपछि  नेकपा(क्रान्तिकारी)ले अब सह्यै नहुने चेतावनी दिएको हो ।

“महिनौदेखि बन्द भएर शिथिल भई थला परिसकेको विश्वविद्यालय खोलिनुपर्छ, विद्यार्थी निर्धक्क पठनपाठन गर्न पाउनुपर्छ विश्वविद्यालयले कामकाज सहज बनाउन पाउनपर्छ भन्ने बुझाइ हो । खुलेको विश्वविद्यालय फेरि ताला लगाइनु कस्तो स्वार्थ र विवेकपूर्ण निर्णय होला ?,” नेकपा (क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

क्रान्तिकारीले तालबन्दी जारी रहे जुनसुकै अप्ठ्यारो अवस्थाको सामना गर्न सरकार तयार हुनुपर्ने चेतावनीसमेत दिएको छ ।

“पार्टीले खोलेको ताला फेरि अटेर गरी लगाइएकाले तत्काल विश्वविद्यालय र सम्बन्धि पक्ष बसी समस्याको हल गरी ताला नखोलिए निर्मम भएर पार्टी अगाडि बढ्छ,’ नेकपा(क्रान्तिकारी)ले चेतावनी दिँदै भनेको छ ।

नेकपा (क्रान्तिकारी)ले विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले महिनौँदेखि तालाबन्दी हुँदा पनि चासो नदेखाएको भन्दै आपत्ति पनि जनाएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.