News Portal

any time News , local election in nepal 2079

मुख्यमन्त्री पाण्डे – Online Khabar

२० जेठ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले उद्योगी व्यवसायीलाई दक्ष कमदार उत्पादनका लागि उद्योग पाठशाला खोल्न आग्रह गरेका छन् ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौं सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले दक्ष कर्मचारी भएमात्र उत्पादन र व्यवसायले सफलता पाउने धारणा राखे ।

उद्योग पाठशाला खोल्नु अहिलेको आवश्यकता भएको भन्दै उनले मजदुरका लागि आवश्यक तालिम सञ्चालन गरेर हामीले दक्ष कामदार उत्पादन गर्न जरुरी रहेको औंल्याए ।
मुख्यमन्त्री पाण्डेले बागमती सरकारले पाठशाला सञ्चालनका लागि चितवन उद्योग वाणिज्य संघलाई दश लाख रुपैयाँ सहयोग गरेको पनि जानकारी दिए । उनले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न र कृषि क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

मुख्यमन्त्री पाण्डेले उद्योग मैत्री वातावरण तयार पार्न प्रदेश सरकार तयार रहेको व्यवसायीलाई बताए । मुख्यमन्त्री पाण्डेले संघीय सरकार मातहत रहेका प्रदेशभित्रका चारवटा औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याउन जरुरी रहेको बताए ।

‘औद्योगिक क्षेत्रलाई प्रदेश मातहतमा ल्याएर उत्पादनमूलक उद्योग खोल्ने वातावरण तयार गर्न जरुरी छ’ उनले भने, ‘औद्योगिक क्षेत्रमा संघीय सरकारको ध्यान पुगेको छैन । हामी मातहत ल्याएर त्यसलाई थप व्यवस्थित गर्न जरुरी छ ।’

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.