Tuesday, October 4, 2022

नेपाली क्रिकेट टोली अमेरिकाको अल स्टार्ससँग पराजित

२० जेठ, काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– दुईअन्तर्गतको सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा अमेरिकाको अल स्टार्ससँग पराजित भएको छ ।

अमेरिकाको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा गए राति भएको खेलमा नेपाली टोली अमेरिकामा रहेका पूर्वखेलाडीको क्लब अल स्टार्ससँग चार विकेटले पराजित भएको हो । नेपालले दिएको १९१ रनको लक्ष्य अल स्टार्सले ३३ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

अल स्टार्सको जितमा विपुल शर्माले सर्वाधिक ५० रनको योगदान दिए भने एन्ड्रिज गौसले ४५ रन जोडे । त्यस्तै गौरभ बजाजले अविजित ४० रन बनाए । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४५ दशमलव पाँच ओभरमा सवै विकेट गुमाउँदै १९० रन जोडेको थियो । नेपालका आरिफ शेखले सर्वाधिक ६० रनको योगदान दिए भने विनोद भण्डारीले २६ तथा करण केसीले २१ रन बनाए ।

बलिङतर्फ अल स्टार्सका मार्टिन कैनले तीन विकेट लिए । मोहम्मद इलायस र आदिल भाटीले दुई–दुई विकेट लिए । अब नेपालले दोस्रो अभ्यास खेल शनिबार अमेरिकाको ह्युस्टन हरिकेन्स क्लबसँग खेल्नेछ । रासस

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments