Tuesday, October 4, 2022

मोटरसाइकल चोरी गरेको आरोपमा ८ जना पक्राउ – Online Khabar

१९ जेठ, झापा। जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चोरी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ ।

झापाको अनारमनी क्षेत्रबाट तीन महिनादेखि विभिन्‍न मिति र समयमा मोटरसाइकल चोरीको घटना बढ्‍दै गएको उजुरी परेपछि इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला प्रहरी कार्यालय भद्रपुर झापाको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको टिकुली नगरपालिका-५ घर भएका २७ वर्षीय करण अहमद, झापाको गौरीगञ्‍ज गाउँपालिका-५ बस्‍ने १८ वर्षीय ओमप्रकाश यादव, झापाकै अर्जुनधारा नगरपालिका-८ बस्‍ने १८ वर्षीय समीर मियाँ र विर्तामोड नगरपालिका-५ बस्‍ने १८ वर्षीय विष्णु भण्डारी रहेका छन् ।

यस्तै विर्तामोड नगरपालिका-५ बस्‍ने १८ वर्षीय करण मण्डल, विर्तामोड नगरपालिका-३ बस्‍ने १९ वर्षयीय कुमार राजवंशी, विर्तामोड नगरपालिका-३ बस्‍ने १८ वर्षीय सुमन बिहारी र इलाको चुलाचुली घर भएका १८ वर्षीय राहुल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments