News Portal

any time News , local election in nepal 2079

खुकुरी हानेको आरोपमा थप १ जना पक्राउ – Online Khabar

१९ जेठ, काठमाडौं । शंखमुलस्थित भोटाहिटी फलफूल पसल नजिकै गत चैतमा सुरज खड्कालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले थप १ व्यक्तिलाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको नाम्दुका विकास तामाङ रहेका उपत्यका अपराध माहाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा ५ जनालाई यसअघि नै प्रहरीले पक्रेको थियो ।

दोलखा नाम्दु गाउँपालिका-६ घर भई जडिबुटी बस्ने ३४ वर्षीय रोशन लामा, सिन्धुपाल्चोक बतासे गाउँपालिका-९ भई भक्तपुर बस्ने २३ वर्षीय प्रविन लामा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ बस्ने २३ वर्षीय पुकार केसी, मन्थली नगरपालिका-१३ बस्ने १९ वर्षीय राजेश बुढाथोकी र खाँडादेवी गाउँपालिका-३ घर भई जडिबुटी बस्ने सञ्जीव मोक्तानलाई प्रहरीले यसअघि नै पक्रेको थियो ।

उनीहरुले लेनदेन र प्रेम सम्बन्धी विवादमा ललितपुरको महालक्ष्मीमा बस्दै आएका २५ वर्षका सुरजलाई चैत ९ गते दिउँसो खुकुरी हानेको प्रहरीको दाबी छ ।

उनीहरुमाथि ज्यान मार्ने उद्योग कसूर सम्बन्धी मुद्दामा कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.