News Portal

any time News , local election in nepal 2079

जनमत पार्टीले सोध्यो नवनिर्वाचित जनप्रतिनिधिलाई स्पष्टिकरण

१८ जेठ, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले कार्यपालिकाको निर्वाचनमा केन्द्रीय निर्देशन नमानेको भन्दै पार्टीबाट निर्वाचित सिरहाका तीन जना जनप्रतिनिधिसहित चार जनासँग स्पष्टिकरण मागेको छ ।

पार्टीको केन्द्रीय अनुशासन समितिले सिरहाको मिर्चेया नगरपालिका वडा नम्बर ४ मा निर्वाचित वडाअध्यक्ष दिलिपकुमार सिंह, वडासदस्य कमलप्रसाद यादव, महिला सदस्य कल्याणी देवी महतो र विजयकुमार यादवसँग स्पष्टिकरण मागेको हो ।

‘नगर कार्यपालिकाको निर्वाचनमा केन्द्रीय निर्देशन नमानेको र विपक्षी पार्टीलाई फाइदा हुने तथा आफ्नै पार्टीको उम्मेदवार पराजित हुने गरी षडयन्त्रमा संलग्न रहेको बुझिन आएको हुँदा यस सम्बन्धमा तपाईंलाई किन कारबाही हुनुनपर्ने हो लिखित स्पष्टिकरण ३ दिनभित्र पेश गर्न अनुरोध छ’, चारै जनालाई सोधिएको स्पष्टिकरणमा भनिएको छ ।

चित्तबुझ्दो स्पष्टिकरण नआएमा पार्टीले आवश्यक कारबाही अगाडि बढाउन सक्ने र निर्वाचित जनप्रतिनिधिको हकमा निर्वाचित पदबाट हटाउनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने अनुशासन समितिका प्रमुख इन्जिनियर दीपक कुमार साहले हस्ताक्षर गरेको स्पष्टिकरण पत्रमा चेतावनी दिइएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.