News Portal

any time News , local election in nepal 2079

भरुवा बन्दुकको गोली लागेर मृत्यु, दस जना पक्राउ – Online Khabar

१६ जेठ,  प्यूठान । ऐरावती गाउँपालिका-१ दाङवाङमा भरुवा बन्दुकको गोली लागेर एकजनाको ज्यान गएको छ ।

सिकार खेल्न जंगल गएका ३४ वर्षीय द्रोणबहादुर आलेमगरको आइतवार गोली लागेर मृत्यु भएको हो ।

दोबाटो सामुदायिक वनको डाँडाथरीमा सिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञान बहादुर नेपालीले मृगलाई हानेको गोली आलेमगरको टाउकोमा लागेको प्रहरीले जनाएको छ ।

घटना आइतबार दिउँसो भए पनि प्रहरीलाई राती मात्र खवर आएको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।

प्रहरीले सिकार खेल्ने क्रममा प्रयोग भएको २ नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको छ ।

त्यसैगरी बन्दुक हान्ने ज्ञानबहादुर नेपालीसहित दस जनालाई प्रहरीले पक्रेको छ ।

पक्राउ पर्नेमा ओमबहादुर पुन, कृष्णबहादुर पुन मगर, भुपबहादुर पुन मगर, टिकाराम पुन, ड्यामबहादुर पुन, झविन्द्र थापा, विशाल घर्ती, झिमरुक गाउँपालिका ४ बस्ने गुञ्जबहादुर पुन रहेका प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । उनका अनुसार ४ जना व्यक्ति फरार रहेको र उनीहरुको खोजी भइरहेको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.