Sunday, October 2, 2022

यौन पिपासुको पञ्जा र गिद्दे आँखा – Online Khabar

“बहिनी कति बेला जाने”, सोलिना दिदीले कोठाभित्र पस्दै सोधिन् ।

“अँ एकै छिनमा”, मैले भनें ।

“किन के काम छ ?”

“अलि डाटाको काम बाँकी छ, आज सिध्याउनुपर्नेछ । दिदी तपाईंलाई ढिला हुनेभए जाँदा हुन्छ नि !” मैले विस्तारै भनें ।

“हैन, बरु म पनि तिमीलाई सघाइदिन्छु अनि सँगै जाउला नि !” भन्दै दिदी सोफामा बसिन् । म भने अचम्म मान्दै उनको अनुहार चियाउन थालें । किन भने सधैं हतारमा हुने सोलिना दिदी यसरी निर्धक्क रूपमा बसेको आजै थियो ।

हुन त सोनिला दिदीसँग घुलमिल भएको त्यति धेरै भएको छैन, यस्तै ६ महिना जति भयो होला । पेशाले पनि उनी म्यानेजर, म अकाउन्टेन्ट । अफिस समय बाहेक म उनलाई दिदी भनेर सम्बोधन गर्छु । एक दिन उनले नै बोलाएर तपाईं आफ्नै बहिनी जस्तो लाग्नुहुन्छ, म तिमी भन्छु है भनेपछि मैले दिदी भन्न सुरु गरें ।

आज दिदी निराश हुनुहुन्छ के भएछ भनेर सोच्दै थिएँ उनले ‘ए’ भनेर बोलाउँदा म झस्किंदै उनीतिर फर्किएँ ।

“बहिनी छिटो गरन, तिमीसँग एउटा काम थियो ।”

“के काम दिदी ?”

“प्रश्न गर्न त खुब आउँछ” झर्किंदै  उनले भनिन्, “छिटो काम गर त खै म पनि गर्छु ।” उनले कम्प्युटरको किबोर्ड आफूतिर फर्काइन् ।

मैले धेरै डाटा तयार गर्नुपर्ने थियो त्यसैले विस्तारै भनें, “दिदी सात बजेसम्ममा मात्रै काम सिद्घएिला जस्तो छ ।”

“ठिकै छ, म पनि सघाउँछु । सिध्याएर त जान्छौ होला नि, कि कतै….” उनले जिस्क्याउँदै भनिन् ।

मलाई भने अचम्म लाग्यो । जहिले ५ बजे घर पुग्ने दिदी आज भने ७ बजेसम्म अफिसमै बस्न तयार । यसको कारण त पक्कै ठूलै होला । यही सोच्दै मैले सोधें, “दिदी सर घरमा हुनुहुन्न कि कसो ?”

“किन बहिनी”, उनी रोकिइन् । लामो सास फेरिन् र चुपचाप किबोर्डमा औंला चलाउन थालिन् ।

यो पहिलो पटक थियो जो मैले ती दिदीलाई रिसाएको देखें । हाँसो र मजाकले भरिने दिदीको अनुहार त्रास र रिसले भरिएको थियो । बाहिर र्झन सङ्कोच माने जस्ता देखिने आँशु आँखामै टलपल गरिरहे जस्तो लाग्थ्यो । कोठामा टाइपको टिक्टिक् आवाज मात्र बाँकी रहृयो । व्यस्तताले दुई घन्टाको समय त्यही सुनसान वातावरणसँगै कसरी बितेछ पत्तै भएन ।

“बहिनी काम सकिएछ, जाऊँ” सोनिला दिदीले हातको घडी हेर्दै भनिन् । घडीले पनि किन पर्खिन्थ्यो । उसले त बेलुकाको सात बजाइसकेछ । हामी दुवै जना नजिकैको रेस्टुरेन्टमा गयौं । दिदीले खानाको लागि अर्डर गरिन् । हामी बीच केही अफिसियल कुराहरू हुँदैथिए । यत्तिकैमा दिदीको फोन आयो तर उनले उठाइनन् र मलाई उठाउन भनिन् ।

‘हेलो’ उताबाट आवाज आयो ।

‘हजुर’ मैले भनें ।

‘सोलिना छ ?’

‘रेस्टरुम जानुभा’छ ।’

‘यति ढिला भइसक्यो, अबदेखि घर आउनुपर्दैन भन्दिनु । हम हम’ उताबाट मात्तिएको र आवेगमा बोलेको प्रष्ट थियो ।

दिदीले मोबाइल समात्दै फोन काटिदिइन् । ‘गति छाडा’ उनी भुतभुताइन् ।

दिदीले महिलाको हकहितका लागि काम र सहयोग गरेबापत भर्खरै फेमिनिष्ट राइट अवार्ड पाएकी थिइन् । तर, श्रीमान्का कारण तीन दिनयता तनावमा थिइन् । उनका बारेमा अलि अलि बुझेकी थिएँ ।

उनका श्रीमान् पहिले बैंकमा सँगै काम गर्थे । अलिकति रकम जोडेपछि उनले विभिन्न क्षेत्रमा लगानी गरे । प्रतिफल राम्रै आयो । अहिले सेयरमा र स्कुल कलेजमा लगानी छ । ठूला व्यापारी बनेका छन् । उच्चस्तरका नेताहरूसँग उठबस छ भन्ने हल्ला चल्छ बेला बेलामा ।

काठमाडौंमा चलेको, नाम र दाम कमाएको राम्रो कलेजमा त ५० प्रतिशत सेयर उनको मात्रै छ । एउटा छोरा, एउटा छोरी, श्रीमान् र श्रीमती दुवैको राम्रो कमाइ । बाहिरबाट हेर्दा सबै कुरा परिपूर्ण थियो । तर भनिन्छ नि, नयाँ पालुवा हावाको वेगसँग जोरी खोज्न थाल्छ । मै हुँ भन्ने दम्भ पालेर बस्छ र आफ्नो अस्तित्व गुमाउँछ । यो परिवार पनि त्यसकै उदाहण बनेको छ अहिले ।

यो विकराल परिस्थितिको सृजना तब भयो जब कलेजको पि्रन्सिपल र विश्वविद्यालयको गुरु भएका उनका श्रीमान्ले आफ्नो नैतिकता गुमाए । आफ्नै विद्यार्थीसँगको अन्तरङ्ग सम्बन्धको कुरा बाहिर आयो । तर, राजनैतिक पहँुच र पैसाले गरेको कर्तुत लुकाउन सफल भए । पास हुनका लागि छात्राले रचेको प्रपञ्च भनेर उल्टै छात्रा दोषी ठहरिइन् ।

गालीगलौज गरेको कसूरमा सामान्य जरिवाना तिरेर उम्किएका थिए उनी । श्रीमान्को गल्ती थाहा पाएर पनि त्यसका लागि साथ दिएकी थिइन् दिदीले । जसले गर्दा, श्रीमान्को खुट्टाले उनको माथ टेक्न थालेछ । समाजमा लजाएर हिंड्नु परेन उनलाई । दिदीले आफ्नो परिवारको कहानी सुनाउँदै गइन् ।

‘हेरन दैवको लीला पनि कस्तो ?’ सुस्केरा हाल्दै उनले एउटा किताब दिंदै भनिन्, ‘यो पुस्तकको पेज १५ मा पत्र छ पढेर सुझाव देऊ है । मेरो श्रीमान्बाट पीडित छात्राले आफ्नो बारेमा किताब लेखिछन् ।’

पुस्तकको नाम थियो पापी स्तन र योनीे । किताबलाई ओल्टाई-पल्टाई हेरें । अचम्म मान्दै दिदीतिर हेरें ।

अचम्म नमान तिमीले सोचे जस्तो यौन उत्तेजित किताब हैन यो । म यो पढेर स्तब्ध छु । मेरो श्रीमान्बाट पीडित भएकी छात्राले आफ्नो बारेमा लेखेको किताब हो । वायोग्राफी भनेको यही हो क्या । मैले पत्र भएको पाना पल्टाएँ ।

नमस्कार, सोलिना

म त्यही तपाईंको श्रीमान्बाट पीडित छात्रा हुँ । मैले मागेका हरेक हारगुहार विफल भएपछि मैले कलमको सहारा लिएँ ! मैले जसरी यौन हिंसाबाट अरूले पीडित हुन नपरोस् भनेर । मेरो दुर्भाग्य भन्नुस्, आफ्नो बारेमा किताब लेखें तर, प्रकाशित गर्न कसैले मानेन । किन थाहा छ ? मैले जुन प्रकाशकसँग किताब छाप्नका लागि कुरा गर्थें तिनीहरूले तपाईंको श्रीमान्सँग बार्गेनिङ गर्ने गर्थे । तर, सबैको मुख थुन्न सकिन्न नि हैन । कोही पैसामा नबिक्ने प्रकाशक पनि त हुँदा रहेछन् नि !

अन्ततः किताब निस्कियो । उक्त सम्बन्ध पछि मैले पाएका मानसिक यातनाहरू मानवीयता भए तपाईंलाई पढ्न कठिन हुनेछ । तपाईंको श्रीमान्बाट कोपिलामै निचोरिएपछि सहारा खोज्न धेरैलाई विश्वास गरें । थाहा छ ! मैले के पाए ? आघात र बलात्कार ।

त्यति मात्रै कहाँ हो र तपाईंका श्रीमान्को अरूसँगका सम्बन्ध, होटलमा विताएका दिन र रातका कथा सबै समेटेकी छु । त्यसैले तपाईंलाई प्रमाण सहित किताब पनि पठाएकी हुँ । र, अन्त्यमा, केही प्रश्न सोधेकी छु । उत्तर अवश्य दिनुहोला ।

तपाईंले छोरालाई त बचाउन सक्नुहोला तर याद राख्नुस् तपाईंको पनि छोरी छ । एकचोटि गएको इज्जत फेरि फर्किंदैन । सायद, तपाईंलाई थाहा छैन होला मानसिक तनावबाट बाहिर आउन कति कठिन हुन्छ भनेर ।

तपाईंका श्रीमान् जस्ता यौन पिपासुको पञ्जा र गिद्दे आँखा राजनीति, शिक्षा, बैंक, मेडिकल, मनोरञ्जन सबै सबैतिर व्याप्त छ । तर, कुरा के हो भने साथ दिने भन्दा पनि सबैले दुत्कार्ने, समाज र परिवारबाट बहिष्कार हुने डरले पीडितहरू मौन छन् । यसको मतलब यो होइन कि खुसी छन् । पलपल मर्दै बाँचेका छन् र पलपल बाँच्दै मरेका छन् ।

मानसिक पीडामा छट्पटिएका छन् । जसरी, सुरुमा झुक्याएर र पछि धम्की दिएर मेरो इच्छाविपरीत तपाईंको श्रीमान्ले पटक-पटक मेरो बलात्कार गरे । कहिले शारीरिक त कहिले मानसिक रूपले । तपाईंले थाहा नपाए जस्तो गर्नुभएको म कहाँ भुल्न सक्छु र ? जसरी राजनैतिक आडमा तपाईंको श्रीमान्ले पाप जति मेरै थाप्लोमा पारेर उम्किए र स्वच्छ पत्नीव्रता पति बनिदिए । त्यसरी नै कोही कुमार बनिदिन्छन् । भङ्ग हुन्छ त केवल कुमारीत्व र, पाप जति यी निरीह दुई थान स्तन र एक थान योनीले बोक्नुपर्ने । तपाईं भन्नुहोला कि महिलाले पुरुषलाई फसाएका घटना पनि छन् भनेर त्यसमा म अहिले कुरा गर्न चाहन्नँ । प्रत्यक्ष भेट भयो भने यो विषयमा पनि कुरा गरौंला ।

अँ साँच्चै, यी प्रश्नको उत्तर सकेसम्म दिनुहोला है ।

“तपाईंलाई कहिल्यै आफ्नो श्रीमान् प्रति घृणा लागेन ? उनका रासलीलाका बारेमा कहिल्यै प्रश्न गर्नु भएन ?” खैर, यस्ता शकका प्रश्न सोधेर तपाईं आफ्नो पारिवारिक सम्बन्ध नबिगार्नुस् । तर, थाहा छ, मेरो बिगि्रयो नि ! विवाह गर्नु त परको कुरा मानिसहरू बाटो बिराएर हिंड्छन् ।

र, मेरो अन्तिम प्रश्न- “के तपाईंले यस्तो अनैतिक सम्बन्ध राख्नुभएको भए उनले यति सहजै तपाईंलाई स्वीकार्थे ?”

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments