News Portal

any time News , local election in nepal 2079

नीति कार्यक्रममा प्रधानमन्त्रीकै जिल्लामा मेडिकल कलेज ! – Online Khabar

१३ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्रीले आफ्नो गृह जिल्लामा मेडिकल कलेज स्थापना गर्ने विषय नीति तथा कार्यक्रममा पारेको भन्दै व्यंग्य गरेका छन् ।

शुक्रबार सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले मन्त्रीहरुले पनि आफ्नो जिल्लामा ठूला–ठूला सडक बनाउने कार्यक्रम पारेको आरोप लगाए ।

‘पाँचौं चोटी प्रधानमन्त्री भएको व्यक्तिले ल्याएको नीति तथा कार्यक्रममा आफ्नो गृह जिल्लामा मेडिकल कलेज स्थापना गर्ने राख्नुभयो । मन्त्रीजीहरुको जिल्लामा ठूलो ठूलो बाटो बनाउने नीति तथा कार्यक्रममा छ । देशको नीति तथा कार्यक्रम यही हो ?,’ उनले भने ।

लिङ्देनले किसानले मल बिउ समेत नपाएको भए पनि नीति तथा कार्यक्रममा त्यस्ता विषय नपरेको भन्दै सरकारको प्राथमिकता के हो भनेर समेत प्रश्न गरे । ‘चुनाव आउँदै छ सबैले आआफ्नो कुरा टिपाइहालौं भनेर नीति तथा कार्यक्रममै राख्नुभयो,’ उनले भने, ‘बजेटमा त ठिकै थियो । नीति तथा कार्यक्रममै आयो ।’

उनले तीन करोड पनि जनसंख्या नभएको देशका लाखौं युवा विदेशमा जानु विडम्बनापूर्ण भएको समेत टिप्पणी गरे ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.