News Portal

any time News , local election in nepal 2079

सौन्दर्यको सत्ता र बलात्कारको दलदल – Online Khabar

यतिबेला दुईवटा मुद्दा चर्चामा छन्- स्थानीय निर्वाचनको मत परिणाम र ८ वर्ष अगाडि एक बालिका बलात्कृत भएको घटना । एक नाबालिग गायिकाको बलात्कार काण्डसम्बन्धी अदालती फैसला आउन नपाउँदै फेरि अर्को यौन हिंसाको डरलाग्दो घटना बाहिर आएको छ । यस घटनाले अरू बलात्कारका घटना पनि सार्वजनिक हुनेक्रम बढेको छ । प्रकृति फरक भए पनि दुवै युवती यौन हिंसा पीडित देखिन्छन् ।

उनीहरूले न्याय पाउने नपाउने कानुनी पाटो कति सजिलो वा कठिन होला, त्यसका लागि समय पर्खनु नै पर्नेछ । तर यी घटनाले आम मानिसको मानसिकता खल्बल्याइदिएको छ । हाम्रा सामाजिक र कानुनी प्रबन्धहरूलाई महिलामैत्री बनाउने मात्र होइन, यौन हिंसालाई प्रेरित गर्ने आर्थिक, सामाजिक संरचना बदल्नुपर्ने आवाज पनि उठिरहेका छन् ।

यी त प्रतिनिधि घटना मात्र भए । दिनहुँजसो यस्ता कुकृत्य भइरहेका छन् जुन सामाजिक प्रतिष्ठा एवं अन्य विभिन्न कारणले बाहिर आउन सकेका छैनन् । तर जे-जति घटना बाहिर आएका छन्, त्यतिबाट नेपाली समाज महिलाद्वेषी मात्रै छैन, महिलालाई उपभोग्य वस्तुको रूपमा विनिमय बजारमा लगिरहेको पुँजीवादी बजारको दुष्चक्र प्रष्ट देखिन्छ । र, त्यो उपभोगवादी मनोविज्ञानले यौनजन्य हिंसालाई बल दिइरहेको सजिलै बुझ्न सकिन्छ ।

खासगरी यसको प्रभाव नेपालको ग्ल्यामर क्षेत्रमा प्रष्ट रूपमा देखिन्छ । जोसुकै युवा सिल्भर स्त्रिmनको शानसौकतलाई पछ्याउन र त्यसमा आफ्नो भविष्य खोज्न लालायित हुन्छ । तर त्यही लालसालाई कमजोरी बनाएर ग्ल्यामर क्षेत्रका लगानीकर्ता र वर्चस्वशाली व्यक्तिले युवतीहरूको करियर ट्रयापमा पार्ने र शारीरिक शोषण गर्ने घटना सामान्य जस्तै भएका छन् । जो एउटा सभ्य समाजका लागि कल्पना गर्न नसकिने कुरा हो ।

यी घटनाहरूले केही महत्वपूर्ण प्रश्नहरू उठाएका छन् । के हाम्रो सामाजिक जीवनमा पुरुषहरूले स्त्रीलाई भोग्य वस्तुको रूपमा हेर्ने मनोविज्ञान तयार हुँदै गएको हो ? के कुनै स्वास्नी मानिस आफ्नो स्कुल, कलेज, कार्यालय वा अन्य कार्यक्षेत्रमा सुरक्षित हुन सम्भव नभएकै हो ? समाज किन यति विदीर्ण बन्दैछ ? एउटा स्त्रीलाई पुरुष मानसिकताले किन यौन खेलौना मात्र देख्न खोज्छ ? घरमा श्रीमती हुँदाहँुदै उक्त पुरुषमा यस्तो क्रूर मनोवृत्तिको विकास कुन चैं तत्वले गरिरहेको छ ? प्रश्न अनेक छन् । यसो हुनुका पछाडि हाम्रा परम्परागत मान्यताहरूमा समस्या छ या कानुनी प्रबन्धहरू कति जिम्मेवार छन् ? यी प्रश्नहरूमाथि पर्याप्त बहस आवश्यक छ ।

अक्सर महिलाहरूले लगाउने लुगाको लम्बाइलाई, उनीहरूको श्रृंगार सोख वा फेशनलाई बलात्कारका जिम्मेवार तत्व भन्ने गरिएको छ । तर यो एकदमै महिलाद्वेषी, एकांकी र पुरुषवादी चिन्तनको भाष्य मात्र हो । यो भाष्यले महिला सौन्दर्य र बढ्दो यौन हिंसाबीच कस्तो प्रकारको सम्बन्ध छ त भन्ने अर्को महत्वपूर्ण प्रश्नको उत्तर खोजाउँछ ।

यो प्रश्नको उत्तर खोज्न त्यति धेरै पर गइरहनु नै पर्दैन । यसमा बिल्कुलै सत्यता छैन भन्ने कुरा ६ महिनाकी शिशुदेखि ७५ वर्षकी वृद्धा समेत बलात्कृत भएका घटनाहरूले पुष्टि गर्छन् । उनीहरूलाई बलात्कार गर्ने आँखालाई कस्तो सुन्दरताको आँकडामा प्रस्तुत गर्ने ? मलाई लाग्दैन पहिरन वा उत्तेजक मानिएका सौन्दर्य प्रसाधन नै यौन हिंसाको प्रमुख कारक हो । किनकि हाम्रो समाजमा नाबालक शिशु होस् या वयोवृद्धा, घरमा काम गर्न राखिएकी मजदुर होस् या शारीरिक अपाङ्गता भएका महिला सबै यौन हिंसामा पर्ने गरेका छन् ।

होचा, अग्ला, पातला, मोटा, गोरा र काला सबै खालका शारीरिक बनावट भएका महिला यौन हिंसाबाट प्रताडित छन् । यो हुनाको प्रमुख कारण पुरुषहरू अझै पनि आर्थिक र राजनैतिक शक्तिको केन्द्रमा हुनु नै हो भन्ने बुझ्न जरूरी छ । पुरुष सत्तालाई नरिझाइकन अपवाद बाहेक न राजनीतिमा, न व्यवसायमा, न कलाकारितामा, महिलाले टिक्न र सफलता प्राप्त गर्न सक्ने अवस्था छ ।

‘जब कोही व्यक्ति कुनै वस्तुको संसर्गमा आउँछ, तब त्यो गुण वा दोषको प्रभाव उसका इन्दि्रयहरूमा अंकित हुन थाल्छ । फलस्वरूप उसमा इन्दि्रय संवेदना उत्पन्न हुन्छन् । त्यही इन्दि्रयसंवेदना मनको संसर्गमा पुगेपछि मानससंवेदनाको रूप धारण गर्छ र समाजकै पूर्वसंचित संस्कारसँग मेल खान्छ र तयार हुन्छ अनुभूतिको विशाल रूप । त्यहाँ मानिसले कहिले सुन्दरतालाई जन्मदिन्छ कहिले कुरुपतालाई र त्यही आधारमा उसले आफ्ना निर्णयहरू लिने गर्छ ।’

यो एउटा वैज्ञानिक तथ्य हो । यो तथ्यलाई एकातिर पन्छाएर महिलाको शारीरिक अथवा कस्मेटिक सौन्दर्य नै यौन हिंसाको कारक हो भनिनु आफैंमा अन्याय हुन जान्छ । छोटो लुगा लगाएकै कारण कुनै महिला बलात्कार भई भनिनु झनै हास्यास्पद कुरा हुन्छ । यदि त्यस्तै हुने हो भने सर्टको टाँक फुकालेर नाङ्गै हिंड्ने केटाहरू बलात्कारको सिकार हुनुपर्ने थियो । कछ्छा र बनियानमा जनेन्द्रीयको आकारप्रकार देखाउँदै सडकमा नुहाइरहेका पुरुषलाई महिलाहरूको समूहले जिस्काउँदै ढुंगा हानेर खेद्नुपर्ने थियो । तर खोइ त्यस्तो भएको ? हाम्रो सामाजिक चेतना, आत्मिक सोचको सौन्दर्य होइन, कस्मेटिक सौन्दर्यमा अल्भिmएको देखिन्छ ।

भर्खरैको स्थानीय चुनावलाई नै हेरौं न कति महिलाले वर्चश्वशाली मेयर वा वडा अध्यक्ष पदमा टिकट पाए ? पाएका अपवादहरू पनि पुरुषसत्ताको, परिवारको लिगेसीको आधारमा दिइएको छ कि छैन ? हाम्रो समाजमा स्कुल खोल्ने पनि पुरुष । अस्पताल खोल्ने पनि पुरुष । प्रकाशन गृह र पत्रिका चलाउने पनि पुरुष । राजनीतिमा टिकट र पद बाँड्ने पनि पुरुष । सिनेमा निर्माता र निर्देशक पनि पुरुष । ब्युटी पेजेन्टका सञ्चालकहरू पनि जम्मै पुरुष ।

बस्, कहीं टोकनका रूपमा, कहीं आफ्ना सन्तानका रूपमा, कहीं बिकाउ आइटमका रूपमा, कहीं भोग्याका रूपमा उनीहरूलाई यो पितृसत्ताले आफ्नै सुविधाका लागि मात्र सीमित स्पेस दिइरहेको छ ।

महिलाको वास्तविक शक्ति र सामथ्र्यलाई सम्मान गरेर स्वाभाविक रूपमा उनीहरूले सार्वजनिक वृत्तमा स्पेश लिने अवस्था बनेकै छैन । महिला स्वतन्त्रतामाथि टिभी शो चलाइरहेका महिलाहरू स्वयम् यौन हिंसाको सिकार भएर डिप्रेस्ड भएको बयान सुनाइरहेका छन् ।

भलै हाम्रा शास्त्रहरूले महिलाको महिमामण्डन गर्न थुप्रै श्लोक खर्च गरेका होलान् । तर समाजमा व्यक्तिको स्थान र स्पेश उसको आर्थिक र राजनैतिक शक्तिले निर्धारण गर्ने कुरा बिर्सन मिल्दैन । त्यसैले आदर्शका कुरा गर्दागर्दै पनि हाम्रो समाजका छोरी, श्रीमती, आमाहरू सुरक्षित छैनन् । किनकि उनीहरू आर्थिक रूपमा स्वतन्त्र छैनन् । राजनैतिक र सामाजिक रूपमा स्वतन्त्र छैनन् । त्यसैले अझै पनि कुनै लोग्ने जति व्यभिचारी भए पनि चुपचाप सहेर बस्ने श्रीमतीको ठूलो प्रतिशत छ । उनीहरूको मानसिकताले बरु अर्की स्त्रीलाई शत्रु देख्छ तर आफ्नो लोग्नेको गल्ती मान्न उनीहरू तयार हुँदैनन् । उसलाई थाहा छ, त्यो हिंस्रक लोग्ने कारबाहीमा पर्‍यो भने आफ्नो र आफ्ना बालबच्चाको भविष्य धरापमा पर्छ । उसँग अलग भएर बस्न सजिलो छैन । यसका आर्थिक, सामाजिक आयाम कही नसक्नु पीडादायी छन् । र यसको फाइदा त्यो लोग्ने मानिसले लिइरहेको छ ।

मेरा एक जना पढेलेखेका चर्चित पत्रकार साथी छन् जो पढेलेखेकी आफ्नी श्रीमतीलाई दैनिक घरधन्दा, छोराछोरीको हेरचाह, सरसफाइ, स्कुल लैजाने ल्याउने, पाहुनापासा सबै काम गराउँछन् । र, फेरि श्रीमती आफू बराबर हुन सकिन, पैसा कमाउन सकिन भनेर गुनासो पनि गरिरहन्छन् । यो मानसिकता मलाई गज्जब लाग्छ । आर्थिक रूपमा आत्मनिर्भर नभई यो हेपाइको अन्त्य हुँदैन । महिलालाई केवल सुख र भोगका साधन मात्र मान्ने मनोविज्ञान हट्न पनि सक्दैन ।

अब रहृयो सौन्दर्य, शक्ति र यौन हिंसाको सम्बन्ध कसरी निर्मित भएको हुन्छ भन्ने प्रश्न । यसका लागि सुन्दरता शक्तिको विषय कसरी बन्यो भन्ने हेर्नुपर्छ । र यसका लागि मानव सभ्यताको विकासक्रमलाई बुझ्नुपर्ने हुन्छ । किनकि मानिसको परीक्षण अथवा सौन्दर्य सम्बन्धी चेतना र मनोविज्ञान एकाएक बन्ने विषय होइन । कुनै वस्तु वा घटनालाई राम्रो वा नराम्रो मान्ने कुरा त्यो समाजको सामाजिक, सांस्कृतिक व्यवहार र दीर्घकालीन मनोसामाजिक स्वीकृतिले तय गर्दै लैजाने कुरा हो ।

मानिसको सामाजिक विकासको सुरुवाती चरणमा लैंगिक प्रतिस्पर्धा थिएन । पुरुष तथा स्त्रीहरू आ-आफ्ना परिचयका लागि आफ्ना अनुहार तथा शरीरमा भिन्दाभिन्दै चिन्ह खोप्थे । समुदाय अनुसार, लैंगिकता अनुसारका विभिन्न आकार र रंगका चिन्ह बनाएर हिंड्थे र अरू समूहबाट आफ्ना मानिसलाई चिन्थे । ती फिरन्ते जातिले विस्तारै आफूले भेटेका धातु, जनावरका खप्पर, दाँत अथवा पन्छीका प्वाँखलाई चिन्हका रूपमा प्रयोग गर्न थाले ।

समयक्रममा ती वस्तु पहिचानका लागि मात्र प्रयोग नभई सिकार गर्ने सामथ्र्यको आधार देखाउन, समूहलाई एकत्रित राख्न र नेतृत्व लिने शक्तिको स्रोतको रूपमा प्रयोग भएको देखिन्छ । प्रजनन एवं अन्य कारणबाट निश्चित ठाउँमा बस्न बाध्य भएका स्त्रीहरू त्यो भौतिक वैभव, शारीरिक शक्ति बढी हुने पुरुषको अधीनमा बस्दा हुने खानाको सजिलो प्रबन्ध, अन्य हिंस्रक जनावर एवं मानिसबाट सुरक्षा जस्ता फाइदाका कारणले उनीहरूसँग आकषिर्त हुन थाले ।

पुरुष निर्भरता बढ्दै गएपछि महिलाले ती पुरुषले आफूलाई त्याग नगरुन् भनेर सधैं आकर्षक राख्न खोजे । आफ्नो सौन्दर्यलाई अतिरिक्त सौन्दर्य प्रसाधनहरू प्रयोग गरेर निखार्न खोज्ने मनोविज्ञानभित्र पुरुषको आर्थिक शक्ति एवं शारीरिक बल जस्ता कारण थिए । यसरी सौन्दर्य आफैं पुरुषसत्ताको हतियार बन्न गयो । र पुँजीबजारले पनि त्यो सौन्दर्यको अधीनस्तवादी मनोविज्ञानलाई भजाएर सौन्दर्य सामग्रीको विनिमय मात्र गरेन, ब्युटि पेजेन्ट, विज्ञापन, यौन केन्द्र आदि मार्फत महिलालाई नै वस्तुको रूपमा बजारमा ल्याइदियो ।

यसरी वस्तुमा सौन्दर्यको सत्ता स्वीकार भएपछि पुँजी बजारको जन्म हुनु स्वाभाविक थियो । र, त्यही पुँजी बजारले महिलाहरूको शरीरलाई पूर्णतया कस्मेटिकतन्त्रको दुनियाँमा प्रवेश गराएको देखिन्छ ।

परिचयको आधारशिलाबाट सुरु भएको सौन्दर्य सत्ता, शक्ति र प्रतिष्ठाको शासन हुँदै अन्ततः रागात्मक प्रतिस्पर्धा, विवाह र ‘यौन बजार’को जगजगीमा प्रवेश गर्‍यो । यसरी यौनलाई वस्तुको रूपमा विस्तारित गरिएपछि नारी सौन्दर्यको स्तरीयता प्राकृतिकताबाट क्रमशः कृत्रिम या ‘फेसनजन्य’ सौन्दर्यमा रूपान्तरित भएको देखिन्छ ।

मानव समाजको विकासक्रमलाई अध्ययन गर्दा दार्शनिक प्लेटोले भनेका छन् ‘सौन्दर्यको सत्ता व्यक्तिगत हुँदैन यो बिल्कुलै सार्वभौमिक हुन्छ । सार्वभौमिक सौन्दर्य नै विश्व सौन्दर्यको अंग हो । सौन्दर्य केवल शरीरको धर्म होइन यो त भित्री चेतनामा विद्यमान रहस्य हो । जुन नियम र मर्यादामा सधैं नैतिक रहन्छ ।’ प्लेटोले सौन्दर्यको भावनात्मक सम्बन्धमा, एउटा आध्यात्मिक अनुभूति या रहस्यलाई स्वीकार गरेका छन् । तर वस्तुगत सौन्दर्यको सत्ता स्वीकार गरिएको अवस्थालाई समर्थन गर्दै सुकरात, अरस्तुलगायत दार्शनिकहरू उभिएको पाइन्छ भने अर्कातिर माक्र्स, एंगेल्सका रचनाहरूले त्यसलाई फरक दृष्टि प्रदान गरेको देखिन्छ ।

यति भनिरहँदा भौतिकवादी दृष्टिकोणले सौन्दर्यशास्त्रलाई आदर्श अथवा गौण मानेको हो त ? समाजमा यदाकदा उठ्ने यस्ता विरोधाभासमा सौन्दर्य अटाउन सक्छ कि सक्दैन अर्थात् यसको रूप र प्रत्यय के हुन सक्छ ? यसको जवाफमा ‘अ कन्टि्रब्यूसन टु द क्रिटिक अफ पोलोटिकल इकोनोमी’को प्रस्तावनामा माक्र्सले लेखेका कुरालाई लिन सकिन्छ । जहाँ आफ्नो जीवनको सामाजिक उत्पादनमा मानिस त्यस्ता निश्चित सम्बन्धमा बाँधिन्छ जो उसको इच्छा भन्दा स्वतन्त्र हुन्छ । श्रम प्रक्रिया अन्तर्गत नै मानिसमा सौन्दर्य अनुभूतिका साथसाथै संगीत धर्म ‘कान’ र रूपद्रष्टा ‘आँखा’को चेतना जागृत भएको कुरालाई व्याख्या गरिएको छ ।

कर्मशील अंगलाई सौन्दर्यको सूचक मानेको भौतिक विज्ञान, पुँजीवादी व्यवस्थाको सिकार भएपछि सौन्दर्यलाई प्राकृतिक जीवनको वृत्ति, राग अथवा काममा चित्रित गरिएको छ । त्यसपछि शारीरिक स्वरूपसँग मात्रै निहित नभएर त्यसको आत्मिक चेतनासँग जोडिएको सौन्दर्यको सत्ता महिलाको आवरणमा मात्रै सीमित हुन पुगेको छ । र, यो नै विभेदको राजनीतिलाई टिकाउने बलियो आधार बनेको छ । त्यही आधारले पुरुषलाई सधैं शासक बनाइरहृयो र महिलालाई शोषित । राज्य मूक भएर त्यसलाई हेरिरहेको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.