Sunday, October 2, 2022

बजेट आउनु अघि निरन्तर बढ्दै सेयर बजार, कारोबार भने खुम्चियो

१२ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषण अगाडि सेयर बजार परिसूचक नेप्से लगातार उकालो लागेको छ । सरकारले आगामी आर्थिक वर्ष सेयर बजारमा लचिलो नीति लिने संकेत नीति तथा कार्यक्रमले गरेको छ । सोही अनुसार बजेट आउनु अगाडि बजार बढिरहेको छ । बिहीबार बजार ८.०३ अंकले बढेर २२३९.६० बिन्दुमा पुगेको छ । यस दिन उपसमूहहरुमा मिश्रित परिणाम देखिएको छ ।

बैंकिङ, व्यापार, निर्जीवन बीमा, उत्पादन र प्रशोधन, लघुवित्त, जीवन बीमा, म्यूचअल फण्ड र लगानी उपसमूह हरियो रह्यो । अन्य उपसमूह भने राताम्य भयो ।

बिहीबार २२२ कम्पनीको १८ हजार ८०८ वटा कारोबारबाट २३ लाख २४ हजार ६६५ कित्ता सेयर किनबेच भएको छ । बिहीबार कारोबार रकम भने मात्र ८८ करोड ९८ लाख ३४ हजार ९०९ रुपैयाँको मात्र भएको छ । बिहीबार मेघा बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर २४७.५० रुपैयाँ पुग्यो ।

नारायणी विकास बैंकको मूल्य ६.२० प्रतिशतले बढ्दै ३७७ रुपैयाँ पुगेको छ । बिहीबार गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५.४७ प्रतिशतले घटेको छ । सिंगटी हाइड्रो, रुरु जलविद्युत परियोजना, माउन्टेन इनर्जी नेपासहितका कम्पनीको मूल्य समेत घेरै घट्नेमा रहेको छ । यस दिन मेघा बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments