Monday, October 3, 2022

तिलोत्तमाको मेयरमा कांग्रेसका खाँणको अग्रता कायमै, उपमेयरमा एमालेकी चौधरीको जित निश्चित

१२ जेठ, बुटवल । रुपन्देहीका १६ पालिकामध्ये १५ वटाको नतिजा आइसक्दा तिलोत्तमा नगरपालिकाको मात्र नतिजा आउन बाँकी छ । गृहमन्त्री बालकृष्ण खाँण र एमाले नेता घनश्याम भुसालको गृहनगर तथा एमालेकै उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र पर्ने तिलोत्तमाको नेतृत्व कस्ले जित्ला भन्नेमा धेरैको चासो छ ।

१७ वटा वडा रहेको तिलोत्तमामा ५२५१ मत गन्न बाँकी हुँदा नेपाली कांग्रेसका रामकृष्ण खाँण निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मोहन चापागाई भन्दा ८०७ मतले अगाडि छन् । खाँण नेपाली कांग्रेस रुपन्देहीका सभापति एवम् गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन् । चापागाई अघिल्लो चुनावमा मेयरको टिकट पाएर खोसिएका उम्मेदवार हुन् । २०७४ मा चापागाईंले पाएको टिकट अन्तिम समयमा घनश्याम भुसालको जोडबलमा बासुदेव घिमिरेले पाएका थिए । चापागाईं पत्रकारिता पृष्ठभूमिका हुन् ।

हालसम्म ५९ हजार ४८५ मत गणना हुँदा खाँणले २२ हजार ४५४ मत पाएका छन् भने एमालेका चापागाईंले २१ हजार ६४७ मतसहित टक्कर दिइरहेका छन् ।

उपमेयरमा भने एमालेकी जगेश्वरी चौधरीको जित पक्का भइसकेको छ । चौधरीले २१ हजार २१८ मत पाउँदा माओवादी केन्द्रका हेमन्त पाण्डेले १० हजार ५५४ मत मात्रै पाएका छन् । तिलोत्तमामा कांग्रेस, माओवादीबीच तालमेल भएको छ। यहाँ मेयर र उपमेयरमा राष्ट्रिय जनमोर्चाले गठबन्धनलाई साथ दिएको छ ।

मत गणनाका क्रममा गणकहरूले अभिलेख राख्दा एमालेका पक्षमा मत बढाएर अभिलेख राखेको भन्दै भएको विवादले २ दिन मतगणना रोकिंदा यहाँको नतिजा आउन ढिलाई भएको हो ।

बिहीबार बिहानसम्म १४ वटा वडाको नतिजा आएको छ । जसमध्ये नेपाली कांग्रेसले ८ र नेकपा एमालेले ६ वटा वडा जितेको छ ।

नतिजा सार्वजनिक भएका वडाहरुमध्ये वडा नं १ मा एमालेका फर्सुराम गिरी, २ मा कांग्रेसका  डिलबहादुर भट्टराई, ३  मा कांग्रेसकै  कल्याण पौडेल,  ४ मा एमालेका  हरि बहादुर क्षेत्री र ५ मा कांग्रेसका  रमेश डुम्रे बिजयी भएका छन् ।

यस्तै तिलोत्तमा वडा नं ६ मा कांग्रेसका  गणेश पाठक,  १०  मा एमालेका गेपाल प्रसाद घिमिरे, ११ मा एमालेका विष्णु बराल, १२ मा एमालेकै  सहदेव थारु,  १३ मा कांग्रेसका  नारायण ढकाल, १४ मा कांग्रेसका  अश्विन पौडेल र  १५ मा  एमालेका  खेमराज गुरुङ   बिजयी भएका छन् । वडा नं १६ मा कांग्रेसका  झविलाल भुषाल  र १७ मा पनि कांग्रेसकै  दान बहादुर चौधरी विजयी भएका छन् ।  अब वडानम्बर ७, ८ र ९ को नतिजा सार्वजनिक हुन बाँकी छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments