News Portal

any time News , local election in nepal 2079

स्वतन्त्रबाट निर्वाचित जनकपुरधामका मेयर कांग्रेसको विजयी र्‍यालीमा

११ जेठ, जनकपुरधाम । स्वतन्त्र भएर चुनाव लड्दै जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित मनोज साह नेपाली कांग्रेसले निकालेको विजयी र्‍यालीमा सहभागी भएका छन् ।

नेपाली कांग्रेसले जनकपुरधाममा निकालेको विजयी र्‍यालीमा साह अग्रपंक्तिमा देखापरेका छन् ।

स्वतन्त्रबाट जितेका मेयर साह र नेपाली कांग्रेसको टिकटबाट उपमेयरमा निर्वाचित किशोरी साह विजयी र्‍यालीको अगाडिमा देखापरेका छन् ।

विजयी र्‍यालीमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, कांग्रेसका जिल्ला अध्यक्ष योगनारायण पजियारसहितका नेताले समेत सहभागिता जनाएका छन् ।

टिकट नदिएको भन्दै मेयरमा निर्वाचित साहले निर्वाचनको केहि दिनअघि कांग्रेस पार्टी परित्यागको घोषणा गरेका थिए । यसपछि उनी स्वतन्त्रबाट मेयरमा उठेका थिए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.