News Portal

any time News , local election in nepal 2079

प्रदेश सांसदबाट राजीनामा दिएर मेयर लडेका कलाम पराजित

११ जेठ, रौतहट । मधेश प्रदेशका प्रदेशसभा सदस्य स्थानीय तहको निर्वाचनमा पराजित भएका छन् ।

रौतहटको गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका प्रदेशसभा सदस्य शेख अबुलकलाम आजाद पराजित भएका हुन् ।

प्रदेशसभा सदस्यबाट राजीनामा दिएर गढीमाई नगरपालिमामा जनता समाजवादी पार्टी (जसपा)बाट मेयर पदका उम्मेदवार बनेका अबुलकलाम आजादलाई नेपाली कांग्रेसका श्यामप्रसाद यादवले पराजित रेका हुन् ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएका श्यामप्रसाद यादवले ८६३१ मत ल्याउँदा आजादले भने ८०७३ मत ल्याए ।

अब्दुल कलाम मधेश प्रदेश सरकारको विकास समितिको सभापतिसमेत थिए ।

यसैगरी गढीमाई नगरपालिकाको उपमेयरमा भने जनता समाजवादी पार्टीकी स्मिता कुमारी यादव निर्वाचित भएकी छिन् ।

यादवले ६६७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्प्रर्धी एकीकृत समाजवादीका नागेन्द्र सिंहले ५९०२ मत प्राप्त गरेका छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.