कालीकोटबाट नेपालगञ्ज आउँदै गरेको बस दैलेखमा दुर्घटना
११ जेठ, दैलेख । दैलेखमा बस दुर्घटना भएको छ । कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज आउँदै गरेको म१ख ६६० नम्बरको बस आठबीस नगरपालिका-२ स्थित सिस्नेमा दुर्घटना भएको हो ।
बस दुर्घटनामा केहीको हताहती भएको हुनसक्ने निर्वतमान मेयर खड्गराज उपाध्यायले जानकारी दिए । उनका अनुसार घटनास्थलमा ४ जना अचेत अवस्थामा भेटिएका छन् ।
बस यात्रुले खचाखच भरिएको छ । प्रहरीका अनुसार बसमा ५०/६० जना सवार छन् ।
बस दुर्घटनाको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, डीएसपी भुबनेश्वर प्रसाद साहले बताए ।
बस सडकबाट करिब ५० मिटर तल खसेको छ । थप विवरण आउन बाँकी छ ।
-तीर्थ भण्डारीबाट
window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));