Tuesday, October 4, 2022

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा लोसपा विजयी – Online Khabar

१० जेठ,बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ ।

अध्यक्षमा लोसपाका बालकृष्ण त्रिपाठी त्रिपाठी ३९९ मतान्तरले विजयी भएका हुन् । त्रिपाठीले ४६३८ मत पाएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार जयसावलले ४२ ३९ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा लोसपाकै  सुशीलाकुमारी यादव ४७३६ मत पाएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी  नेपाली कांग्रेसकी गुजराती यादवले ३४४२ मत पाएको निर्वाचन अधिकृत शिवप्रसाद पराजुलीले जानकारी दिए ।

७ वटा वडा रहेको गाउँपालिकामा वडा नं. १ मा लोसपाका  राजेश गुप्ता, वडा नं. २ मा जनता समाजवादी पार्टीका अमरनाथ यादव, वडा नं. ३ मा नेपाल जनता पार्टीका विष्णु नारायण पाण्डेय, वडा नं. ४ मा लोसपाका बेचुराम गडेरिया, वडा नं ५.  मा लोसपाका संजय कुमार शैनी, वडा नं. ६ मा जसपाका विनोद यादव र वडा नं ७ मा नेपाली कांग्रेसका पवनकुमार यादव बिजयी भएका छन्।

जिल्लाका १६ स्थानीय तहमध्ये लोसपाले जितेको यही एउटा पालिका हो । यो पालिका लोसपा नेता एवम् पूर्वमन्त्री सवेृन्द्रनाथ शुक्लाको निर्वाचन क्षेत्र हो । शुक्लाको आफ्नै पालिका सम्मरीमाईमा भने नेपाली कांग्रेसले जितेको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments