News Portal

any time News , local election in nepal 2079

फोहोर उठाउने जिम्मा वडालाई – Online Khabar

१० जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहले मंगलबार पदभार ग्रहण गर्दै तीन वटा निर्णयमा हस्ताक्षर गरेका छन् ।

साहले पहिलो निर्णय फोहोरबारे गरेका छन् । यसअघि शहरी क्षेत्रको फोहोर उठाउने काम उपमहानगरपालिकाले केन्द्रीतकृत रुपमा गरिरहेकोमा त्यसलाई विकेन्द्रित गर्दै सबै वडालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

वडालाई स्रोत साधन सम्पन्न बनाएर फोहोर उठाउने जिम्मेवारी दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

यसअघि बजार क्षेत्रको धेरै ठाउँमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिँदा समेत मेयरले ध्इान नदिएको भन्दै तत्कालिन मेयरको घर अगाडि फोहोर फालेर वडाअध्यक्षहरुले विरोध जनाएका थिए । उनीहरुले सबै स्रोत साधन उपमहानगरपालिकाले आफ्नो नियन्त्रणमा राखेको बताएका थिए ।

यस्तै, उपमहानगरपालिका कार्यालयलाई थप सेवाग्राही मैत्री बनाउने, सुशासनयुक्त र पारदर्शी बनाउने निर्णय पनि भएको छ ।

कर्मचारी अभावले यसअघि विभिन्न शाखामा विषय बिज्ञ नभएपनि खटाउने काम हुँदै आएकोमा त्यसलाई रोक्ने निर्णय भएको उपाध्यायले बताए । ‘एक शाखाका कर्मचारीलाई अरु शाखामा राख्ने काम भइरहेको थियो त्यसलाई रोक्ने निर्णय भएको छ’ उनले भने ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.