तुलसीपुरको उपप्रमुखमा एमाले जित नजिक, मेयरमा पनि अघि
फाइल तस्वीर
१० जेठ, दाङ । तुलसीपुर उपमहानगरपालिकामा मतगणना अन्तिम चरणमा पुग्दा उप्रमुखमा एमालेकी स्यानी चौधरी जित नजिकै पुगेकी छिन् ।
१० हजार मतगणना हुन बाँकी रहँदा उनले गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानालाई ८ हजार ३०९ मतान्तरले पछाडि पारेकी छन् ।
चौधरीले २६ हजार ९१८ मत प्राप्त गर्दा रानाले १८ हजार ६०९ मत प्राप्त गरेका छन् ।
यस्तै तुलसीपुरमा एमालेका मेयरमा टीकाराम खड्काले अग्रता लिएका छन् । ६४ हजार बढी मत गणना हुँदा एमालेका टिकाराम खड्काले २७ हजार ३५२ मत ल्याएका छन् ।
उनी गठबन्धनबाट कांग्रेसका गेहेन्द्र गिरी भन्दा २ हजार ४४८ मतले अघि छन् । कांग्रेसका गिरीले २४ हजार ९०४ मत प्राप्त गरेका छन् ।
तुलसीपुरमा १९ वटा वडा नं. १ देखि १६ सम्मको नतिजा आइसकेको छ भने १७, १८ र १९ वडामा मतगणना जारी छ । १८ र १९ वडामा एमाले फराकिलो मतले अगाडि छ ।
window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));