News Portal

any time News , local election in nepal 2079

पुनर्वासको मेयरमा कांग्रेसका शर्मा विजयी, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष पराजित

९ जेठ, महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार मेयरमा कांग्रेसका तोयराज शर्मा विजयी भएका हुन् । उनले १० हजार ६ मत ल्याए । उनका प्रतिस्पर्धी एमालेका पदमबहादुर पुजाराले ४ हजार ६७६ मत मात्रै ल्याउन सके ।

यस्तै, नेकपा माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार बनेका एकीकृत समाजवादीका जीवनराज थापा ३ हजार ७३४ मतमै सीमित बने । पुनर्वास नगरपालिकाको निवर्तमान मेयर समेत रहेका थापा नेकपा एकीकृत समाजवादी कञ्चनपुरको अध्यक्ष पनि हुन् ।

उपमेयरमा नेपाली कांग्रेसकी भुलिया राना ७ हजार ३४५ मत ल्याउँदै विजयी भएकी छन् ।

उपमेयरमा गठबन्धनबाट माओवादीका धोखे रानाले ५ हजार ४९२ मत पाउँदा एमालेकी सुशिला खत्रीले ५ हजार ३०३ मत ल्याइन् ।

पुनर्वासमा कांग्रेसका मेयर शर्मा र उपमेयर राना दोस्रो प्रयासमा सफल भएका हुन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा दुबै जना नेकपा एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.