News Portal

any time News , local election in nepal 2079

पाल्पाको रम्भा गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी




पाल्पा- पाल्पाको रम्भा गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छ्न् । पाँच दलीय गठबन्धनलाई पछि पार्दै यसअघिकै अध्यक्ष र उपाध्यक्ष गाउँपालिकामा दोहोरिएका हुन् ।

पालिका अध्यक्षमा नेकपा एकीकृतका समाजवादीका उम्मेदवार दुर्गाप्रसाद अधिकारीलाई पछि पार्दै एमालेका उम्मेदवार विष्णुप्रसाद भण्डारी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय रम्भाले जनाएको छ ।

भण्डारीले पाँच हजार ५८६ मत ल्याउदा उहाँका प्रतिस्पर्धी अधिकारीले चार हजार ५४२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा नेकपा एमालेकी राधाकुमारी श्रेष्ठ पाँच हजार ७१९ मत ल्याएर दोस्रो कार्यकालका लागि विजयी हुँदा उहाँकी प्रतिस्पर्धी गठबन्धन दलको तर्फबाट नेपाली काङ्ग्रेसका विश्नुकुमार थापाले पाच हजार ५८ मत पाउनु भएको छ । ५ वडा रजेको रम्भामा तीन वडामा एमाले विजयी भएको छ भने दुइटा वडामा नेपाली काङ्ग्रेस विजयी भएको छ ।-

Source link

Leave a Reply

Your email address will not be published.