Tuesday, October 4, 2022

देशैभर इन्धन अभाव, पम्पहरुमा सवारी साधनको लाइन – Online Khabar

९ वैशाख, काठमाडौं । नेपाल आयल निगमले इन्धन बिक्री कटौती गरेपछि देशैभर इन्धन अभाव देखिएको छ । काठमाडौं उपत्यकाका कयौं पम्पहरुले डिजेल पेट्राल नभएको सूचना टाँसेका छन भने खुलेका पम्पहरुमा पनि बाक्लो भीड देखिएको छ । निगमले आइतबार राति सबैखाले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो ।

सरकारलाई अप्ठ्यारोमा पार्न पम्पहरुमा हुने भुक्तानी कटौती गरेका कारण देशैभर पम्पहरुको बिक्री प्रभावित भएको पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले जनाएको छ । सोमबार बिहानैदेखि देशैभरका पम्पहरुमा इन्धनको अभाव देखिएको एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए । ‘धेरै पम्प बन्द भएपछि खुलेका पम्पहरुमा लाइन लागेका छ, पम्पहरुमा लाइन लगाएर निगम नेतृत्व सरकारलाई दबाव दिन चाहान्छ’ प्रधानले भने ।

निगमका डिपोहरुले व्यवसायीले मागेको भन्दा २० प्रतिशत भन्दा धेरै इन्धनको कटौती गरेको र गत शुक्रबार त निकै थोरै मात्रामा इन्धन ब्रिकी गरिएको र आइतबार पम्पहरुलाइ इन्धन नदिइएको प्रधानले बताए । देशैभरका डिपोहरुले यही रणनीति अपनाउँदा देशैभर समस्या देखिएको रिपोर्ट एशोसिएसनमा प्राप्त भएको उनले बताए ।

नेपाल आयल निगमले पनि माग अनुसार इन्धन बिक्री नगर्न भनेको जनाएको छ । झण्डै २० प्रतिशतसम्म इन्धनको बिक्री घटाउन परिपत्र भएको डिपोहरुले जनाएका छन् । शुक्रबारको वितरण सकिको र आइतबार इन्धन वितरण नभएका कारण सोमबार अभाव सिर्जना भएको निगमका साहायक प्रवक्ता पुष्कर कार्कीले बताए । ‘मूल्य बढ्ने भएकाले हामीले शुक्रबार इन्धन कम वितरण गरेका थियौं,’ कार्कीले भने, ‘आज दिन भरिमा दशै भरको समस्या हल हुन्छ । ’

निगमले केही समय अघि इन्धनको बिक्री पम्पहरुलाई मागे जति नदिन पत्राचार गरेको पनि उनले बताए । महँगोका बेला खपत कम गर्न निगमले यस्तो परिपत्र गरेको कार्काीले बताए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments