Tuesday, October 4, 2022

एन्फा अध्यक्षमा कर्मा छिरिङको प्यानलको उम्मेदवारी घोषणा

९ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाकझ आसन्न निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले पुन: अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार तिनकुनेस्थित रोएल ब्यांकेटमा एक कार्यक्रमका बीच कर्मा छिरिङले आगामी चार वर्षे कार्यकालका लागि पुन: उम्मेदवारी घोषणा गरेका हुन् ।

‘नेपाली फुटबलको संस्थागत विकासका लागि निरन्तर परिवर्तन, आर्थिक सबलीकरण र व्वसायिकता हाम्रो अभियान’ भन्ने नारासहित कर्मा प्यानलले उम्मेदवारी घोषणा गरेको हो ।

कर्मा छिरिङ शेर्पा अध्यक्ष, वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार), उपाध्यक्ष रत्नकुमार श्रेष्ठ, उपाध्यक्षमा उपेन्द्रमान सिंहको उम्मेदवारी घोषणा भएको छ ।

यसैगरी सदस्यमा फ्रेण्ड्स क्लबका अध्यक्ष दिपक थापा, सिराहका प्रविन यादव, साँगा क्लबका रुपेश अधिकारी, लोकेनणद्र गुरुङ लमजुङ, बाग्लसङका पूर्वअध्यक्ष, मकवानपुरका टिकाराम लामा, बाँकेका प्रदेश सिंह राठोर, जुम्लाका भरत बुढथापा, मछिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ, च्यासल क्लबका अध्यक्ष रमेश व्यन्जनकार,खुमलटार मणिराज विष्ट, टोखा क्लबका मनिष जोशी रहेका छन् ।

यसअघि असन्तुष्ट समूहबाट वर्तमान वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले अध्यक्षमा मनोनयन दर्ता गरिसकेका छन् ।

एन्फाको २१औं चुनावी साधारण सभा असार ६ गते हुनेछ ।

तस्वीर : विकास श्रेष्ठ

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments