News Portal

any time News , local election in nepal 2079

वीरगञ्जमा विजय भन्दा राजेशमान १६,१११ मतले अगाडि – Online Khabar

८ जेठ, वीरगञ्ज । ‍वीरगञ्ज महानगरपालिकाको मेयर पदको मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले निरन्तर अग्रता कायम राखेका छन् ।

मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार राजेशमान र नेकपा एमालेका उम्मेदवार विजय सराबगीबीच फराकिलो मतान्तर कायमै छ ।

उनीहरुबीच झण्डै दोब्बर मतको फरक छ । राजेशमानले ३३ हजार ९१९ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी सरावगीले १७ हजार ८०८ मत पाएका छन् । उनीहरुबीचको मतान्तर १६ हजार १११ को छ ।

सराबगी निवर्तमान मेयर हुन् । ०७४ सालको निर्वाचनमा उनी तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा १९ हजार ३९३ मत ल्याएर विजयी भएका थिए । भने राष्ट्रिय जनता पार्टी नेपालबाट मेयरमा उठेका राजेशमान १२ हजार १६५ मत ल्याएर तेस्रो स्थानमा थिए ।

राप्रपाका गिरीश गिरीले दुई हजार ३३५ मत पाएका छन् । हालसम्म मेयर पदमा १४  हजार ९५९ मत बदर छ ।  वीरगञ्जको वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १६, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को ६५ हजार ५५३ मत गणना सकिएको छ ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले सुरु देखि नै अग्रता लिएका छन् ।  उनले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाको भन्दा ४ गुणा बढी मत ल्याएका छन् । इम्तियाजले २३ हजार १६४ मत पाउँदा झाले हालसम्म पाँच हजार ८६८ मत मात्रै पाएका छन् । उनीहरुबीच १७ हजार २९२ को मतान्तर देखिएको छ । उपप्रमुख पदमा ३२ हजार ३९६ मत बदर भएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.