वीरगञ्जमा विजयभन्दा राजेशमान १५,२७६ मतले अगाडि – Online Khabar
८ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंहले निरन्तर अग्रता कायमै राखेका छन् ।
मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार राजेशमान विजयबीच झण्डै दोब्बर मत अन्तर छ । राजेशमानले ३२ हजार १५८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले १६ हजार ८८२ मत ल्याएका छन् । उनीहरुबीचको मत अन्तर १५ हजार २७६ छ ।
प्रमुख पदका अर्का उम्मेदवार राप्रपाका गिरीश गिरीले २ हजार ३५९ मत पाएका छन् ।
त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले शुरुदेखि नै अग्रता लिइरहेका छन् । उनले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी -लोसपा)का पुरुषोत्तम लाल झाभन्दा चार गुणा बढी मत ल्याएका छन् ।
इम्तियाजले २२ हजार १०५ मत पाउँदा झाले ५ हजार २६६ मत मात्रै पाएका छन् । उनीहरुबीच १६ हजार ८३९ को मतान्तर देखिएको छ ।
हालसम्म मेयर पदमा १३ हजार ९७१ र उपप्रमुख पदमा २८ हजार ६३ मत बदर भएको छ ।
window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));