विजय जुलुसमा झडप, प्रहरीसहित १४ जना घाइते – Online Khabar

Election

८ जेठ, वीरगञ्ज । बारामा विजय जुलुस निकाल्ने क्रममा दुई पक्षबीच झडप भएको छ । झडपमा परी प्रहरी सहायक निरीक्षकसहित १५ जना घाइते भएका छन् ।

महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसले निकालेको विजय जुलुसमा झडप भएको प्रहरीले जनाएको छ । झडपमा बाराको आदर्शकोतवाल गाउँपालिका–१ चिउताहा घर भएका प्रहरी सहायक निरीक्षक ४० वर्षीय मनोज साह घाईते भएका छन् । जिल्ला अदालत चितवन दरबन्दी भई हाल उनी विपद व्यावस्थापन पर्सामा कार्यरत छन् ।

प्रहरीका अनुसार दिउँसो साढे ३ बजेतिर महागढीमाई नगरपालिकका नगर प्रमुख उपेन्द्र यादव सहितको विजय जुलुस वडा नं २ ईनर्वा टोलमा पुगेको थियो ।

जुलुसमा सहभागीले अपशब्द प्रयोग गरेको भन्दै स्थानीय आक्रोशमा आएका थिए । सोही विषयमा भएको विवादले उग्ररुप लिएर झडपमा परिणत भएको थियो । प्र.स.नि.साह समेत घाईते भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

झडपपछि मेयर यादव सहितको विजय जुलुसले महागढीमाई क्षेत्र परिक्रमा गरेको थियो । महागढीमाई नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा काँग्रेसले जितेको छ । भने वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा एमाले र सदस्यमा जसपा विजयी भएको छ ।

 

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.