Sunday, October 2, 2022

नेपालमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोग देखियो – Online Khabar

८ जेठ, काठमाडौं । नेपालमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोग देखा परेको छ । काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङगुरमा उच्च मृत्युदर देखा परेपछि चैतको अन्तिम साता नमुना संकलन गरिएको थियो ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र त्रिपुरेश्वरमा मलिकुर र सिरोलोजिकल विधिबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग प्रारम्भिक नतिजा प्राप्त भएको थियो ।

नेपालमा पहिलो पटक संक्रमणको आशंका भएकाले रोग पुष्टि गर्न विश्व पशु स्वास्थ्य संगठन नमुना पठाइएकोमा २ जेठमा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भएको पशु सेवा विभागका महानिर्देशक डा. राम नन्दन तिवारीले जनाकारी दिए ।

पशु विभागबाट खटिएका प्राविधिक टोलीले प्रदेश सरकार र स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायसँग सहकार्यमा काठमाडौं कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रगिरी, टोखा र दक्षिणकाली क्षेत्र, ललितपुरको गोदावरी क्षेत्र र भक्तपुरको चाँगुनारायण क्षेत्रमा संक्रमण फैलिएको र हालसम्म १०१९ सुँगुर बङगुर गरेको प्रतिवेदन आएको जनाएको छ ।

विभागका महानिर्देशक डा. तिवारीका अनुसार घरपालुवा सँगुर, बङ्गुर र जंगली बँदेल प्रजातिमा विषाणुको कारण लाग्ने अफ्रिकन स्वाइन फिभर रोग उच्च मृत्युदर भएकाले अति खतनाक महामारीजन्य सरूवा रोग हो । तर यो पशुबाट मानिसमा सर्दैन ।

यस रोग भएका सँुगुर प्रजातिमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्री), कान पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने छट्पटाउने जस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण भएका सुँगर, बङ्गुर वा त्यसका पाठापाठी मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै संक्रमण फैलिने विभागले जनाएको छ ।

यस रोगविरुद्धको हालसम्म कुनै खोप उपलब्ध नभएकाले कुनै पनि स्थानमा अस्वाभाविक रुपमा सुँगर, बङगुर मरेमा तत्काल संघ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवासँग सम्बन्धित निकायलाई खबर गर्ने विभागले आग्रह गरेको छ ।

हेर्नुस्  विज्ञप्ति

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments