News Portal

any time News , local election in nepal 2079

कलैयाका मेयरलाई तौल बराबरको लड्डुले स्वागत – Online Khabar

७ जेठ, बारा । बारा सदरमुकाम कलैया उपमहानगरपालिकाका नवनिर्वाचित मेयर विनोद साह र उपमेयर रौशन प्रविनलाई समर्थकले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका छन् ।

वडा नं। १० का वडाध्यक्ष मोहमद सबिरले पनि यो स्वागत पाएका छन् ।

चुनाव जितेर विजयी र्‍यालीमा वडा नं। मा पुगेका तीनै जनालाई महमद गजनी ठकुराईले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका हुन् ।

जनप्रतिनिधिलाई काँटामा राखेर उनीहरुकै तौल बराबरको लड्डु दिइएको थियो । त्यो लड्डु पछि उपस्थित समर्थकलाई बाँडिएको छ ।

लड्डु दिने ठकुराईले आफू कुनै पनि दलमा नरहेको भन्दै यी जनप्रतिनिधिले जातपात नहेरी काम गर्ने विश्वासमा लड्डु बाँडेको बताए ।

स्वागतपछि मेयर साहले नागरिकको यसप्रकारको विश्वासलाई आफूहरुले कहिल्यै टुट्न नदिने बताएका छन ।

मेयर साहले कलैया उपमहानगरपालिकालाई देशमै नमूना उपमहानगर बनाउने हिसावले आफूले ५ वर्षदेखि गोप्य गृहकार्य गरिरहेको बताउँदै अब त्यसको कार्यान्वयन गर्ने बताए ।

कलैयाको मेयरमा साह २४ हजार १३९ मत ल्याएर बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले १८ हजार ५४० मत ल्याए । उपमेयरमा परविनले १९ हजार २५१ मत प्राप्त गरि बिजयी भएकी हुन । उपमेयरमा निकटतम प्रतिद्वन्द्वी प्रमोद गुप्ताले ८ हजार ३०२ मत पाए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.