सल्यानमा मतगणना सम्पन्न – नेपाल टेलिभिजन

Election




सल्यान- सल्यानका १० वटै स्थानीय तहको मतगणना सकिएको छ । तीन नगरपालिका र सात गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको हो ।

दस पालिकामध्ये नेपाली कांग्रेसले शारदा, बागचौर नगरपालिका, त्रिवेणी र कुमाख गाउँपालिकामा निर्वाचित भएको छ । यस्तै माओवादी केन्द्रले बनगाड कुपिण्डे नगरपालिका र दार्मा गाउँपालिकामा जित्दा एमालेले कालिमाटी र छत्रेश्वरी गाउँपालिकामा जित हात पार्न सफल भएको छ । एकीकृत समाजवादी भने कपुरकोट गाउँपालिकामा निर्वाचित भएको छ ।

गत २०७४ को चुनावमा नेपाली कांग्रेसले शारदा नगरपालिका, त्रिवेणी र छत्रेश्वरी गाउँपालिका जितेको थियो भने माओवादीले बागचौर नगरपालिका, दार्मा र कुमाख गाउँपालिका जितेको थियो । यस्तै एमालेले बनगाड कुपिण्डे नगरपालिका, सिद्ध कुमाख, कालिमाटी र कपुरकोट गाउँपालिका जित्न सफल भएको थियो ।

चार स्थानीय तह जितेको एमाले दुई र तीन स्थानीय तह जितेको माओवादी पनि दुई पालिकामा चित्त बुझाउन बाध्य भएको छ ।-

Source link

Leave a Reply

Your email address will not be published.