News Portal

any time News , local election in nepal 2079

सप्तरीको कञ्चनरुपमा कांग्रेस विजयी – Online Khabar

६ जेठ, राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यसअघि नेकपा एमालेले जितेको यो पालिकामा यसपटक कांग्रेस विजयी भएको हो ।

कांग्रेसबाट मेयर ललन प्रसाद गुप्ता ७ हजार ८८९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का भोला कुमार पासवानले ५ हजार ७०४ मत ल्याए ।

उपमेयरमा नेपाली कांग्रेसकै मुना पोखरेल निर्वाचित भएकी छन् । उनी ७ हजार ७४ मत ल्याएर निर्वाचित भइन् । उनको निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार कल्पना चौधरीले ५ हजार ५४७ मत प्राप्त गरिन् ।

यसअघि २०७४ सालको निर्वाचनमा यो पालिकामा नेकपा एमालेका बसन्त मिश्र मेयरमा निर्वाचित भएका थिए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.