युगाण्डाविरुद्ध नेपाल टस जितेर ब्याटिङ गर्दै, हिरनान्माये रोयको डेब्यु

Election

६ जेठ, काठमाडौं । युगान्डा महिला क्रिकेट टिम र नेपाली महिला क्रिकेट टिम बिचको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाको चौथो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ ।

रातभरको वर्षाका कारण मैदानमा पानी जमेपछि खेल आधाघण्टा ढिला गरी साढे १ बजेदेखि सुरु हुँदैछ ।

किर्तिपुरस्थित त्रिवी मैदानमा हुने पाँच खेलको महिला टी २० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गतको चौथो खेल प्रतियोगितामा नेपालका तर्फबाट आजको टिममा परिवर्तन गरिएको छ ।

नेपालका तर्फबाट हिरनान्माये रोयले डेब्यु गरेकी छन्। यससँगै नेपाली महिला क्रिकेटमा डेब्यु गर्ने उनी २४औं खेलाडी हुन्। सबनम राई, संगीता राई र रोमा थापाको स्थानमा अप्सरी बेगम, अस्मिना कर्मचार्य र हिरनान्माये रोयले आज खेल्दैछन् ।

अघिल्ला तीन खेलमा पराजित रहेको नेपालले युगाण्डासँगको शृंखला गुमाइसकेको छ ।

नेपालको सुरुवाती ११–
रुविना क्षेत्री (कप्तान), ज्योति पाण्डे , सीता रानामगर इन्दु बर्मा, अप्सरी बेगम, अस्मिना कर्मचार्य, सरिता मगर , कविता जोशी, विन्दु रावल, हिरनान्माये रोय र डली भट्ट

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.