भीमेश्वर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

Election




दोलखा- दोलखाको भीमेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका इश्वर नारायण मानन्धर र उपप्रमुखमा नेकपा एमालेकी कमला बस्नेत निर्वाचित हुनुभएको छ ।

कांग्रेस उम्मेदवार मानन्धरले निकटतम् प्रतिस्पर्धी एमालेका हरिवंश चौलगाईलाई १ हजार ४ सय ४२ मतान्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेका मानन्धरले ८ हजार ७ सय २३ मत ल्याउँदा एमालेका चौलगाईले ७ हजार ३ सय १ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नगरको उपप्रमुखमा समाजवादीकी उम्मेदवार संगीता पाख्रीनलाई ३ सय ४३ मतले पराजित गर्दै एमालेकी कमला बस्नेत विजयी हुनुभएको छ । उपप्रमुखमा निर्वाचित बस्नेतले ७ हजार २ सय ६४ मत पाउनुभएको छ भने उहाँकी निकटतम प्रत्यासी पाख्रीनले ६ हजार ९ सय २१ मत प्राप्त गर्नुभएको छ ।-

Source link

Leave a Reply

Your email address will not be published.