News Portal

any time News , local election in nepal 2079

गुल्मीका १२ वटा स्थानीय तहका जनप्रतिनिधिले लिए शपथ

६ जेठ, गुल्मी । गुल्मीका नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले शपथ लिएका छन् । दुई नगरपालिका र १० वटा गाउँपालिकासहित १२ स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र अन्य सदस्यले संयुक्तरुपमा मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

सपथ लिएसँगै जनप्रतिनिधिहरूले आफ्नो पालिकामा गएर पदभारग्रहण गरेका छन् । नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले निर्वाचनमा गरेका प्रतिबद्धता अनुरुप काम गर्ने बाचा गरेको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए ।

उनले निर्वाचनको बेला एउटा भन्ने तर काम गर्दा अर्कै भन्ने परिपाटिको अत्य गर्दै आफूले जनताको हितमा काम गर्ने बताए ।

अघिल्लो कार्यकालका नगरप्रमुखले थालेका गौरवका आयोजनाहरू र निर्वाचनका बेला गरिएका बाचाहरू पूरा गर्नतर्फ ध्यान केन्दि्रत रहने मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले बताए ।

शपथ तथा पदस्थापन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधीश राधाकृष्ण उप्रेतीले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

उनले शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोप्रति खुसी व्यक्त गर्दै नवनिर्वाचित सबै जनप्रतिनिधिलाई कार्यकाल सफलताको शुभकामना दिए ।

१२ स्थानीय तहमध्ये जिल्लामा पाँच वटा स्थानीय तहमा नेपाली कांग्रेस, ४ वटामा माओवादी केन्द्र र ३ वटामा नेकपा एमालेले जितेको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.