Wednesday, December 7, 2022

कांग्रेस-एमाले मिलेर पछार्यो माओवादीलाई खोसे मुसिकोट

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र केसी निर्वाचित भएका छन् ।

माओवादी केन्द्रको वर्चस्व रहने रुकुम पश्चिममा यसपटक भने कांग्रेस-एमाले मिलेर माओवादीबाट मुसिकोटको नेतृत्व खोसेका हुन् । कांग्रेसका केसीले एमालेको साथमा माओवादीका बसन्तकुमार शर्मालाई १३ मतान्तरले पराजित गरेका छन् । उनले ६९१४ मत ल्याए भने माओवादीका शर्माले ६९०१ मत पाएका छन् । यस्तै, उपमेयरमा भने माओवादीको सहयोगमा एकीकृत समाजवादीका विमलकुमार पुनमगर विजयी भएका छन् । उनले ६१४० मत ल्याएर विजयी हुँदा एमालेका थलबहादुर ओलीले ५९८५ मत ल्याए ।यो नगरपालिकामा ८ वडाध्यक्ष माओवादीले जितेको छ भने ६ वटा नेपाली कांग्रेसले जितेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments