विराटनगरमा नागेश ४६२४ मत अन्तरले अगाडि – Online Khabar

Election

५ जेठ, विराटनगर । मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १७ हजार ५९८ मतसहित अग्रता जारी राखेका छन् । उनले नेकपा एमालेका उम्मेदवार सागर थापालाई ४ हजार ६२४ मत अन्तरले पछाडि पारेका छन् । थापाले १२ हजार ९७४ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार उमेश यादवको पक्षमा ५ हजार ८७९ र राप्रपाका उम्मेदवार प्रह्लाद साहले ३ हजार ४५७ मत पाएका छन् । जनमत पार्टीका अरुण मण्डलले ४६२, लोसपाका मृत्युन्जय मिश्रले ३७२ र विवेकशील साझाकाले २०९ मत पाएका छन् ।

उपप्रमुख पदमा नेकपा एमाले उम्मेदवार शिल्पा कार्कीले अग्रता लिएकी छन् । कार्कीले १५ हजार ४० मत पाउँदा जसपाका अमरेन्द्र यादवले ९ हजार १७७, राप्रपाकी विन्दा लुइटेल आचार्यले ४ हजार २१२ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ३ हजार २७८ मत पाएकी छन् ।

जनमत पार्टीकी अन्नु कुमारी कामतले ६६८, लोसपाकी सहनाज खातुनले ४९७ र विवेकशील साझाकी श्रृजु पराजुलीले २५२ मत पाएका छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.