मुगुको सोरु गाउँपालिका अध्यक्षमा समाजवादी र उपाध्यक्षमा कांग्रेस विजयी

Election

५ जेठ, मुगु । सोरु गाउँपालिकामा अध्यक्षमा नेकपा एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेस विजयी भएका छन् ।

नेकपा एकीकृत समाजवादीका धर्मबहादुर शाहीले एमालेका डिल्लीप्रसाद भट्टलाई २१६६ मतान्तरले पराजित गरेका हुन् । शाहीले ४०५५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका भट्टले १८८९ मतमात्रै पाए ।

उपाध्यक्षमा कांग्रेसका केशरबहादुर शाहीले ४२०३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी डिलकली शाहीले ९६८ मत ल्याइन् । ३२३५ मतको अन्तरमा शाहीले डिलकलीलाई पराजित गरेकी हुन् ।

सोरु गाउँपालिकामा कांग्रेस, माओवादी र एकीकृत समाजबादी पार्टीले गठबन्धन गरी चुनाव लडेका थिए । एकीकृत समाजवादीलाई अध्यक्ष कांग्रेसलाई उपाध्यक्ष र माओवादीलाई ५ वडाअध्यक्षको भागबण्डा गरी चुनाव लडेका थिए ।

सोरुको मतगणना सकिएसँगै मुगुका चारवटै स्थानीय तहको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.